शिक्षकको पेसागत विकास तालिम दोस्रो चरणको आजबाट सुरु

इनेप्लिज २०८० जेठ २६ गते २२:१९ मा प्रकाशित

रीड नेपालको आयोजना तथा शिक्षा तालिम केन्द्र सुनसरी र सोलुखुम्बुका स्थानीय तहहरुको समन्वयमा आधारभूत तह गणित विषयको शिक्षकको पेसागत विकास तालिम दोस्रो चरण आजबाट जनजागृति मा.वि सल्लेरीमा सुरु भएको छ I

तालिमको उद्घाटन सोलु दुधकुण्ड नगरपालिका उप-मेयर गान्धीमाया तामाङले गर्नु भयो I तालिममा बोल्दै उप मेयर तामाङले सोलुखुम्बुको शैक्षिक सुधारमा रीड नेपालको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो I

रीड नेपाललाई अन्य विद्यालयमा पनि कार्यक्रम विस्तार गर्न अनुरोध गर्नु भयो I उँहाले तालिममा सक्रियरुपमा सहभागी भएर तालिममा सिकेका सिपलाई विद्यालयमा पुर्याउन आग्रह गर्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नु भयो I

तालिम कार्यक्रममा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले सुनसरीमा लिनु पर्ने तालिम शिक्षा तालिम केन्द्र सुनसरीसंग समन्वय गरेर जिल्लामै संचालन गरेकोले तालिमको नियमलाई पूर्ण रुपमा पालना गर्न अनुरोध गर्नु भयो I

त्यस्तै तालिममा नियमित सक्रिय हुनका साथै तालिम पश्चात ५२ दिन भित्र गर्नुपर्ने स्वध्ययन खण्ड अन्तर्गतका सबै कामहरु समयमा नै गर्न आग्रह गर्नु भयो I

दशदिन प्रत्यक्ष्य रुपमा तालिम लिए पश्चात विद्यालयमा गए र ५ दिन बराबर स्वअध्ययन खण्डमा गरिने कार्यहरु पाठयोजना निर्माण गरी शिक्षण, समस्या विश्लेषण, परियोजना कार्य , कार्यमूलक अनसन्धान लगाएतका कामहरु गर्नु पर्ने बताए I

तालिममा सोलुखुम्बुका २७ जना शिक्षकहरुको सहभागिता रहेको छ I गएको अघिल्लो वर्ष पहिलो चरणको तालिम संचालन गरिसकेको रीड नेपालले जनाएको छ I

प्रतिक्रिया