अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत युक्रेन र रुसबीचको युद्धमा ३० दिनको बिना सर्त युद्धविरामको माग गरेका छन्। यद्यपि उनले बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीसँगको कुराकानीको सन्दर्भमा केही उल्लेख गरेका छैनन्।
ट्रम्पले लेखे: “राष्ट्रपतिका रूपमा म युरोपेलीहरूसँग मिलेर रुस र युक्रेनबीच शान्ति स्थापना गर्न प्रतिबद्ध रहनेछु, र त्यो एक दीर्घकालीन शान्ति हुनेछ! यो युद्धविरामले अन्ततः शान्ति सम्झौतासम्म पुर्याउनुपर्छ। यो सबै छिट्टै सम्पन्न गर्न सकिन्छ, र मेरो सेवा आवश्यक परे म तुरुन्तै उपलब्ध हुनेछु।”
उनको यो टिप्पणी त्यसपछि आएको हो जब विदेशसचिव मार्को रुबियो ,उपराष्ट्रपति जे.डी. भान्स लगाएतले अब वार्ताबाट अगाडि बढ्न चाहिरहेको संकेत दिएका थिए।
प्रतिक्रिया