क्याथोलिक धर्मगुरु रोबर्ट फ्रान्सिस प्रिभोस्टको शिकागो देखि भेटिकनको ऐतिहासिक यात्रा,ट्रम्प,ओबामा तथा बाइडेनद्वारा बधाई

इनेप्लिज २०८२ वैशाख २५ गते २२:३६ मा प्रकाशित

अमेरिकाका कार्डिनल (उच्च श्रेणीका धर्मगुरु ) र नव निर्वाचित पोप रबर्ट फ्रान्सिस प्रिभोस्ट अहिले विश्वकै सबैभन्दा शक्तिशाली क्याथोलिक कार्यालयहरूमध्ये एकको नेतृत्व गर्ने जिम्मा पाएका छन् ।

उनलाई मे ८ बिहिबारको दिन पोप(क्याथोलिक धर्मगुरु) २६७औं पोपको रूपमा चयन गरिएको छ। ६९ वर्षीय प्रिभोस्ट अमेरिकाको इलिनोइ राज्यको शिकागोका हुन् । उनी क्याथोलिक इतिहासमा पहिलो अमेरिकी पोप हुन् सफल भएका छन् ।

पोप फ्रान्सिसको विश्वास जित्दै उनले भ्याटिकनको धर्माध्यक्ष (बिशप)नियुक्ति विभागको प्रमुखको रूपमा ऐतिहासिक जिम्मेवारी सम्हालेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प,पूर्व राष्ट्रपतिहरु द्वय बाराक ओबामा तथा जो बाइडेनले सामाजिक संजाल मार्फत बधाई दिएका छन् । साथै बिश्वभरिका नेताहरुले बधाई दिने क्रम जारी रहेको छ ।

अमेरिकाको शिकागोमा सन् १९५५ मा जन्मेका प्रिभोस्टले सानै उमेरमा धार्मिक जीवनको मार्गमा लागेका थिए । उनले अगस्टिनियन धार्मिक संघमा प्रवेश गर्दै सन् १९८२ मा पुरोहितको अभिषेक पाए। आफ्नो प्रारम्भिक सेवा पछि उनले पेरुमा मिसनरीको रूपमा गहिरो धर्मकार्य गरेका थिए, जहाँ उनले आदिवासी र गरीब समुदायसँग नजिकिएर सेवा पुर्‍याए।

पेरुमा गरेको उदाहरणीय कार्यकै कारण उनलाई पछि चिक्लायोको धर्माध्यक्ष नियुक्त गरियो। त्यहाँ उनले चर्च प्रशासन सुधार, पादरीहरूको तालिममा सुधार, र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय योगदान दिए। प्रिभोस्टको नेतृत्व दक्षता र आध्यात्मिक दृष्टिकोणले उनलाई भ्याटिकनमा उठाएको हो।

सन् २०२३ मा पोप फ्रान्सिसले उनलाई कार्डिनल(उच्च श्रेणीको धर्मगुरु) नियुक्त गरे, र त्यसकै केही महिनापछि उनले भ्याटिकनको अगस्टिनियन धार्मिक संघ को नेतृत्व सम्हाले। यो विभागमार्फत विश्वभरका क्याथोलिक बिशप(धर्माध्यक्ष)हरूको चयन, नियुक्ति र मूल्याङ्कन गरिन्छ। पोप प्रिभोस्ट अहिले धर्माध्यक्ष नियुक्तिमा सबैभन्दा निर्णायक भूमिका निभाउने अमेरिकी कार्डिनल (उच्च श्रेणीको धर्मगुरु)बनेका थिए । तर अब उनि सर्वोच्च क्याथोलिक धर्मगुरु(पोप) बनेका छन् ।

उनको कार्डिनल (उच्च श्रेणीको धर्मगुरु) उपाधि सान्ता मोनिका गिर्जाघर (चर्च)सँग सम्बन्धित रहेको छ ,जुन सन्त अगस्टिनकी आमाको नाममा रहेको गिर्जाघर (चर्च) हो। यो उपाधिले उनको अगस्टिनियन पहिचानलाई अझ मजबुत बनाएको छ।

नव निर्वाचित पोप प्रिभोस्टलाई एक मृदुभाषी, गहिरो आध्यात्मिक, र सुधारमुखी नेतृत्वकर्ताको रूपमा चिनिन्छ। पोप फ्रान्सिसको सुधारवादी अभियानमा उनको प्रमुख भूमिका रहेको छ। धर्माध्यक्ष(बिशप)हरूको चयनमा पारदर्शिता, पवित्रता र जनसेवामूलक दृष्टिकोणलाई उनले प्राथमिकता दिँदै आएका थिए ।

उनी हाल भ्याटिकनमा रहेका केही प्रभावशाली अमेरिकी नेताहरूमध्ये एक थिए जसले क्याथोलिक गिर्जाघर (चर्च)को भावी संरचना निर्धारण गर्न निर्णायक प्रभाव पारिरहेका छन्।

विश्वभरका क्याथोलिक धर्मप्रेमीहरूका लागि पोप प्रिभोस्टको नेतृत्व एक आशाको संकेत बनेको छ जसले चर्चलाई आध्यात्मिकता, सामाजिक न्याय र पारदर्शी नेतृत्वतर्फ डोर्याउन सक्ने विश्वास गरिएको छ।

प्रतिक्रिया