प्रतिनिधिसभाको बैठक बस्दै, आज पनि बिनियोजित बजेटबारे छलफल हुने

इनेप्लिज २०८० जेठ २५ गते २:२० मा प्रकाशित

काठमाडौ, आर्थिक वर्ष २०८०/८१ को बजेटबारे छलफल आज पनि जारी रहने भएको छ। त्यसका लागि आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे संसद् भवन ९बानेश्वर० मा बस्नेछ।

सरकारले यही जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेको छ।

बजेट उपयुक्त नभएको दाबी गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सच्याउन माग गरेको छ। अन्य प्रतिपक्षी दलले पनि बजेट अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन्।

प्रतिक्रिया