कोलोराडोमा हुने एएनए सम्मेलनमा एएनए बाल प्रदर्शन हुने

इनेप्लिज २०८० जेठ २२ गते २३:५३ मा प्रकाशित

एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए ) ले कोलोराडोको डेनभरमा आयोजना गर्ने सम्मेलनमा एएनए बाल प्रदर्शन हुने भएको छ ।

सम्मेलनमा विविध कार्यक्रमहरु हुने भएता पनि बालबालिकाको एएनए किड्स शो नामक कार्यक्रम जुलाई १ का दिन राती ६ बजे हुनेछ । अमेरिकामा जन्मिएका तथा सानोमा अमेरिका आएका दोश्रो पुस्ता नेपाली अमेरिकी बालबालिकाहरुलाई सम्मेलनमा सहभागी गराउन एएनएका अध्यक्ष विजय राज भट्टराईले सबैलाई आह्वान गरेका छन् ।

अध्यक्ष भट्टराईले अभिभावक र बच्चाहरूलाई मनमोहक बाल प्रदर्शनमा सहभागी हुन् आमन्त्रित गरेका छन् ।

उनीहरुलाई हाम्रो समृद्ध परम्परा र सम्पदासँग परिचय गराउन ,जीवन्त प्रदर्शन, अन्तरक्रियात्मक गतिविधिहरू, र संलग्नता मार्फत उनीहरूको जिज्ञासालाई प्रज्वलित गर्ने लक्ष्य समेत रहेकोले यो मितिमा सहभागी हुन् अनुरोध गरिएको छ ।

जुलाईको १ र २ मा हुने एएनए. सम्मेलनका संयोजक विनोद त्रिपाठी हुन् । कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरु रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल ,नेपाली घर,अनेसास कोलोराडो शाखा ,एनआरएनए कोलोराडो शाखा ,कोलोराडो नेवाः खलः लगायतका संस्थाहरु संगको सहकार्यमा यो सम्मेलन हुन लागेको हो ।

कोलोराडोमा सन् २००३ मा पनि एएनए सम्मेलन भएको थियो । सम्मेलनको लागि एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी तथा नबिन दत्तलाई सल्लाहकारमा राखिएको छ । त्यस्तै गरि सह संयोजकको रुपमा टिका पौडेल ,राजु सिटौला ,जगदीश ढकाल ,सरिता गुरुङ ,आर सी पन्त ,अर्जुन बगाले तथा भुसन लाल श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया