अमेरिकी पूर्व उपराष्ट्रपति माइक पेन्स राष्ट्रपतिमा उम्मेद्वारी दिदै, ट्रम्पसॅग भिडने

इनेप्लिज २०८० जेठ २२ गते १६:५५ मा प्रकाशित

अमेरिकी पूर्व उपराष्ट्रपति माइक पेन्स राष्ट्रपतिमा उम्मेद्वारी दिने पक्का भएको छ । पूर्व उपराष्ट्रपतिका बफादार उपराष्ट्रपति रहेका तर जनवरी ६ अमेरिकी सॅसद बिद्रोह तथा आक्रमण पछि फरक मत राख्ने पेन्सले कागजात दर्ता गराएको सिएनएनले जनाएको छ।

पेन्सले २०२४ को लागि राष्ट्रपतिको दौडमा सामेल हुन कागजी कार्य दर्ता गराउदै ट्रम्पसँग भिडन्त गर्ने भएका छन ।

पूर्व उपराष्ट्रपति  पेन्सले सोमबार २०२४ को रिपब्लिकन राष्ट्रपति पदको उम्मेदवारीको लागि आफ्नो कागजात पेश गरेका छन ।

पेन्सले बुधबार साँझ सीएनएनसॅग राष्ट्रपतिको नगर सभा(टाउन हल)मा औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन ।

प्रतिक्रिया