शिकागोको गोली चल्दा एक महिलाको मृत्यु, ६ जना घाइते

इनेप्लिज २०८० जेठ २१ गते २३:३६ मा प्रकाशित

आइतबार बिहान अमेरिकाको इलोनोइस राज्यको शिकागो शहरको पश्चिम तर्फ (वेस्ट साइड)मा रहेको एउटा स्मारकमा बन्दुकधारीले गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ।

पीडितहरू चार वर्षअघि सवारी साधन (कार )दुर्घटनामा मारिएका व्यक्तिको जीवनको उत्सव मनाउने क्रममा स्मारकमा थिए । त्यहाँ विवाद सुरु भयो र करिब १ बजे गोली चलेको शिकागो प्रहरी विभागका उपप्रमुख एडनार्डो गुटेरेजले भने।

मृत्यु हुने महिला २५ वर्षकी थिइन् । उनलाई धेरै बन्दुकको गोली लागेको कारण चोट लागेको अधिकारीहरूले बताए । प्रहरीहरूले उनलाई जमिनमा अनुत्तरित अवस्थामा भेट्टाएका थिए ।

प्रहरीका अनुसार त्यसपछि उनलाई अस्पताल लगियो जहाँ उनलाई मृत घोषित गरियो। महिलाको अहिलेसम्म पहिचान हुन नसकेकोबताईएको छ ।

२९ बर्षिय एक जना मानिसलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ भने उनको छाती र हातमा गोली लागेको छ ।

खुट्टामा गोली लागेर घाइते भएकी १७ वर्षीया युवती गोली प्रहारको सबैभन्दा कान्छी उमेरकी शिकार भएको प्रहरीले जनाएको छ। एक किशोरलाई राम्रो अवस्थामा अस्पताल लगिएको छ । खुट्टामा गोली लागेका २७ वर्षीय पुरुष, पाखुरामा गोली लागेका २९ वर्षीय पुरुष, कानमा गोली लागेका २८ वर्षीया महिला र २८ वर्षीया महिलाको खुट्टामा गोली लागेको छ । खुट्टा र पाखुरामा गोली लागेका वृद्धलाई पनि राम्रो अवस्थामा अस्पताल लगिएको प्रहरीले बताए ।

बन्दुकधारी अझै पक्राउ परेका छैनन । गुप्तचरहरूले अङ्कियदृश्य (भिडियो) र साक्षीहरूसंग सूचना सङ्कलन गरिरहेको गुटेरेजले भने।

प्रतिक्रिया