चीनमा पहिरोमा परि १४ जनाको मृत्यु, ५ बेपत्ता

इनेप्लिज २०८० जेठ २१ गते १४:०६ मा प्रकाशित

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको एक ग्रामीण जिल्लामा आइतबार बिहान पहिरो जाँदा १४ जनाको मृत्यु हुनुका साथै पाँच जना बेपत्ता भएका अधिकारीहरूले बताएका छन्।

पहाडी क्षेत्रमा लामो समय वर्षा भए पछि पहिरो गएको हो ।

सिचुआनको लेशान काउन्टीमा भग्नावशेषमा पुरिएकाहरूलाई खोज्न मद्दत गर्न १ सय ८० भन्दा बढी व्यक्ति परिचालन गरिएको एबिसी न्यूजले जनाएको छ ।

दिउँसो खोजी कार्य जारी रहेको जिनहौके जिल्लाको कम्युनिष्ट पार्टी(बामपन्थी दल) समितिले आफ्नो सामाजिक सञ्जाल खातामा घटना बारेमा प्रकाशन गरेको छ ।

प्रतिक्रिया