अध्यावधिक गरिएको : भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८८ पुग्यो ,१००० भन्दा ज्यादा घाइते

इनेप्लिज २०८० जेठ २० गते १२:०२ मा प्रकाशित

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८८ पुगेको छ भने अझै बाँचेकाहरुको खोजी भइरहेको सिएनएनले जनाएको छ ।

भारतमा तीनवटा रेल दुर्घटनामा सयौं मानिसको ज्यान गएको र राष्ट्रले अहिलेसम्म नदेखेको सबैभन्दा खराब रेल दुर्घटनामा परेपछि उद्धारकर्ताहरू बाँचेकाहरू खोजिरहेका छन्।

पूर्वी ओडिशा राज्यको बालासोर शहरमा शुक्रबार दुई यात्रुवाहक रेल र मालवाहक रेल एक आपसमा ठोक्किँदा कम्तीमा २८८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

तर उद्धारकर्ताहरूले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन । धेरै व्यक्तिहरू पल्टिएको डिब्बामा फसेको अनुमान गरिएको छ।

“हामी कसैलाई जीवितै उद्धार गर्न धेरै आशावादी छैनौं,” ओडिशाका अग्नि सेवा प्रमुख, सुधांशु सारंगीले स्थानीय संचार माध्यम एनडीटीभीलाई भने।

दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन तर रेल मन्त्री अश्विनी वैष्णवले शनिबार पत्रकारहरुलाई बहानागा रेलवे स्टेशन (रेलस्थानक)नजिकै भएको दुर्घटनाको “उच्च स्तरीय छानबिन” को आदेश दिइएको बताए ।

प्रतिक्रिया