अमेरिकी दुवै सदनले ऋण सीमा बिधेयक पारित गरे पछि हस्ताक्षर गर्दै राष्ट्रपति जो बाइडेनले अमेरिकी जनतालाई सम्बोधन गरेका छन् ।
बाइडेनले गत शुक्रबार भाषणमा राष्ट्रलाई सम्बोधन गरेपछि कांग्रेसले राष्ट्रको ३१.४ ट्रिलियन ऋण सीमा बढाउनको लागि कानून पारित गरेर केही दिन बाँकी रहेको आर्थिक रूपमा विनाशकारी डिफल्ट( भुक्तान गर्न असमर्थ )लाई बचाएको छ ।
राष्ट्रपतिले सम्बोधन गर्दै “एकता” ले यो सम्भव भएको कुरामा जोड दिए।
जब म राष्ट्रपतिको लागि उम्मेदवार थिए, मलाई द्विदलीयताका दिनहरू सकिएको बताइएको थियो ,उनले भने। डेमोक्र्याट र रिपब्लिकनहरू अब सँगै काम गर्न सक्दैनन् भनिएको थियो । मैले त्यो कुरालाई विश्वास गरिन र अस्वीकार गरे किनभने अमेरिकाले त्यस्तो सोचलाई कहिल्यै ल्याउन नसक्ने उनले सम्बोधनको क्रममा भने ।
बाइडेनले सभामुख केभिन म्याकार्थीसँग गरेको सम्झौतालाई अमेरिकी परिवारहरूको लागि जितको रूपमा र राष्ट्रलाई सही मार्गमा राख्नको लागि सम्झौता गर्ने उनको क्षमताको प्रमाणको रूपमा उल्लेख गरे ।
“हामीले पछिल्ला केही वर्षहरूमा गरेका सबै प्रगतिका लागि आवश्यक भनेको संयुक्त राज्य अमेरिकाको पूर्ण, विश्वास र ख्याती राख्नु हो र हाम्रो अर्थतन्त्रलाई निरन्तरता दिने र राष्ट्रको रूपमा हाम्रा मूल्यहरूलाई प्रतिबिम्बित गर्ने बजेट पारित गर्नु हो,” उनले भने। संकटबाट बच्न र अमेरिकाको भविष्य जोगाउन हामीले के गर्दैछौं भनेर विवरण दिन उपस्थित भएको बताए । यो बजेट सम्झौता पारित गर्नु महत्त्वपूर्ण थियो ,उनले भने ।
मलाई थाहा छ द्विपक्षीयता कठिन छ, र एकता पनि कठिन छ,” उनले भने। तर हामी प्रयास गर्न कहिल्यै रोकिएनौ । अमेरिकी अर्थतन्त्र विश्व अर्थतन्त्र ध्वस्त हुने जोखिममा भएकोले हाम्रो राजनीति जतिसुकै कठिन भएता पनि निकास दिनु पर्ने उनले बताए ।
प्रतिक्रिया