जिपी कोईराला फाउन्डेशनको कार्यालयमा भेटघाट एवं छलफल

इनेप्लिज २०८० जेठ १८ गते २१:३६ मा प्रकाशित

मे ३१,२०२३ उडसाईड न्युयोर्क।

आज गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाको कार्यालय उडसाईड न्युयोर्कमा नेपाल दलित संघका संस्थापक सदस्य, नेपाली कांग्रेसका युवा नेता एवं पुर्व सांसद आदरणीय बिजुल विश्वकर्मा एवं प्रजातन्त्र सेनानी आदरणीय कमल नारायण सिंहलाई स्वागत गरीयो। वहाँहरूलाई फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमीरेले कार्यालयमा स्वागत गर्दै खादा लगाई सम्मान गर्नु भएको थियो।सोअवसरमा फाउन्डेशनका प्रवक्ता एवं कार्य समिति सदस्य रामचन्द्र अधिकारी,एनआरएन न्युयोर्कका उपसभापति शोभाकान्त पाण्डे, महिला नेतृद्वय पंचुमाला दुलाल र अमिना राई सिंह, युवा समाजसेवी एवं अभियन्ता वावुराजा सिंह, अभियानकर्मी गोविन्द वुढामगर रदीपेन्द्र घर्तीमगर उपस्थित हुनुहुन्थ्यो।

सो छलफलमा बोल्दै नेता विश्वकर्माले नेपालको राजनितीमा भएगरेको विकृती, विसंगती, भ्रष्टाचार लगायत व्यक्तिगत स्वार्थको एवं ईगोको कारणले आज राजनितीज्ञ प्रति नै घृणा भाव भैरहेकोमा चिन्ता व्यक्त गर्नुभयो। वहाँले स्वर्गीय गिरीजावावुको स्मरण गर्दै भन्नुभयो म वहाँ जस्तो निडर र देशभक्त नेतावाट प्रेरीत भै राजनितीमा लागेको र आफ्नो गृहजील्ला दांग लगायत देशका लागी सक्दो विकास तथा उन्नतीका खातीर लागीरहेको बताउनुभयो।वहाँले जीपी कोईराला फाउन्डेशनको उच्च प्रशंसा गर्दै प्रवासमा यस्ले कोरोना कहर लगायत पछिल्ला दिनहरुमा गरेको सामाजिक कामबाट आफु अत्यन्त हर्षित एवं गौरवान्वित भएको बताउनुभयो।यसै गरी समाजसेवी तथा प्रजातन्त्र सेनानी कमल नारायण सिंहले पंचायतकालमा विपी कोईराला, सुवर्ण शमसेर सँगै प्रवासमा आफु नेपालको प्रजातन्त्रको मुलनारा बोकी बनारस, कलकत्ता र नेपाल पटक पटक आउजाउ गरेको, पैदल हिँडी विरगंज देखी नवलपरासी, पाल्पा, रूपन्देही, अर्घाखाँची र दागंमा निःस्वार्थ ढंगले संगठन बनाउन लागी परेको रोचक ईतीहास स्मरण गराउँदै अवका दिनहरूमा यो विशाल ईतीहास भएको पार्टीमा आम सुद्दिकरणको खाँचो रहेको औंल्याउनुभयो।

फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले वहाँहरूलाई स्वागत गर्न पाउँदा आफु लगायत फाउन्डेशन परीवारलाई अत्यन्त खुशी लागेको वताउँदै फाउन्डेशन विशुद्ध सामाजिक उद्देश्य लीई नेपाल र प्रवासमा मानवीय सेवामा निरन्तर लागीरहेको र यस्ले विगतमा गरेका सामाजिक गतिविधि एवं भविष्यमा अझै सकृयतापुर्वक मानवीय सहयोगमा लागी पर्ने प्रण व्यक्त गर्नु भयो।एनआरएनए न्युयोर्कका उपाध्यक्ष शोभाकान्त पाण्डेले वहाँहरू जस्तो अग्रज नेतृत्वको मार्ग दर्शन एवं फाउन्डेशन जस्तो अग्रणी सामाजिक संस्थाको साथ एवं सहयोगले आफुहरूलाई कामगर्न हौसला र प्रेरणा मिलेकोमा जोड दिनुभयो।

महिला नेतृ पंचुमया दुलालले अमेरीका एक कानुनी व्यवस्था, अनुशासन र कर्मले गर्दा विकास भएको र यस्तै विकास नेपाल जस्तोअल्पविकसित देशमा खाँचो भएको औंल्याउनुभयो।यसैगरी अभियन्ता एवं युवा नेता वावुराजा सिंहले समाज सेवा आफ्नो रगतमा वगेकोर केही गरौं भन्ने हुट्हुटी आफ्नो मनमा सधैं खेलीरहेको बताउँदै आफुले पछिल्ला बर्षहरूमा फाउन्डेशन का गतिविधि नजीकबाट नियालीरहेको र यस्ले अमेरिकामा अद्वितीय मानवीय सेवा गरेकोमा प्रशंसा गर्नुभयो।महिला नेतृ अमिना राई सिंहले आफुलाई नेपाल र नेपाली परीवेशवाट छुट्याई प्रवासमा बचेको केही समय यस्तै मानवीय कार्य गर्न सबै समक्ष आव्ह्वान गर्नुभयो।

अन्त्यमा फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले वहाँहरूको व्यस्त समयका बाबजुदपनि फाउन्डेशनको कार्यालयमा उपस्थित भै नेपाल र नेपालीको पक्षमा आफ्ना धारणा राखी मानवीय सेवामा साथ र सहयोग गर्ने प्रण एवं पहल गरीदिनुभएकोमा हार्दिक आभारव्यक्त गर्दै आगामी दिनहरूमा साथै अगाडी वढ्ने विश्वासका साथ अमेरीका घुमेर यहाँ देखेका विकास निर्माणको खाका पनि नेपालमा लगी देशको विकासमा व्यवहारमै लागी पर्न सुझाव राख्नुभयो।वहाँले उपस्थित सबैमा धन्यवाद दिनुहुँदै कार्यक्रमको समापन गरीएकोथियो।

प्रतिक्रिया