इलोन मस्क पुन : विश्वकै धनाढ्य व्यक्ति

इनेप्लिज २०८० जेठ १८ गते १०:३९ मा प्रकाशित

इलोन मस्कले विश्वको सबैभन्दा धनी व्यक्ति अर्थात् धनाढ्य व्यक्तिको उपाधि पुन: हासिल गरेका छन् ।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार १९२ बिलियन डलरको अनुमानित कूलसम्पत्तिका साथ इलोन मस्कले बुधबार विश्वको सबैभन्दा धनी व्यक्तिको रूपमा शीर्ष स्थानमा पुन: दावी गरेका छन ।

ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सले बुधबार विश्वका ५०० धनी व्यक्तिहरूको दैनिक श्रेणी जारी गर्दै ट्वीटर , टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृतलाई १९२ बिलियन डलरको अनुमानित कूलसम्पत्तिको साथ शीर्षमा राखेको छ ।

मस्कले फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टलाई हराएका छन् । एलभिएमएचक प्रमुख जसको कूलसम्पत्ति १८७ बिलियन छ। अर्नाल्टको हालको कूल सम्पत्ति गत महिना उनको २०० बिलियन डलर भन्दा धेरै कम हो । उनी विश्वको सबैभन्दा धनी व्यक्ति मानिन्छन्।

अर्नाल्टको कुल सम्पत्ति एक दिनमा ११ बिलियन घटेको छ । दुई शीर्ष स्थानमा मस्क र अर्नाल्टका अतिरिक्त, एमाजोनका संस्थापक जेफ बेजोस १४४ बिलियन डलरसहित तेस्रो स्थानमा आएका छन भनि युपिआईले समाचार लेखेको छ ।

प्रतिक्रिया