एयर न्यूजील्याण्ड नामक बिमानसेवा विश्वको उत्कृष्ट वर्षको बिमान घोषित,कतार दोश्रो स्थानमा झर्यो

इनेप्लिज २०८० जेठ १७ गते ०:०७ मा प्रकाशित

न्यूजील्याण्डको एयर न्यूजील्याण्ड नामक बिमानसेवा आधिकारिक रूपमा विश्वको उत्कृष्ट वर्षको बिमान सेवा घोषित भएको छ भने कतार दोश्रो स्थानमा झरेको छ ।

अष्ट्रेलियामा आधारित उड्डयन सुरक्षा र उत्पादन मूल्याङ्कन सँस्था एयरलाइनरेटीङ्ग्स डटकम अनुसार एयर न्यूजील्याण्ड आधिकारिक रूपमा बिश्वको उत्कृष्ट वर्षको बिमानसेवा घोषित भएको छ ।

एयरलाइनरेटीङ्ग्स डटकमले एयर न्युजिल्याण्डको परिचालन सुरक्षा, वातावरणीय नेतृत्व र कर्मचारीको प्रेरणाको प्रशंसा गरेको छ भनि सिएनएनले लेखेको छ ।

गत वर्षको वरीयतामा शीर्ष स्थानमा रहेको कतार एयरवेज यस वर्ष दोस्रो संख्यामा आएको छ ।

एयरलाइनरेटीङ्ग्स डटकमका २०२२ का शीर्ष २५ एयरलाइन्स(बिमानसेवा)हरुमा क्रमस १ )एयर न्यूजील्याण्ड २ )कतार एयरवेज ३) इतिहाद एयरवेज ४) कोरियाली एयर ५ ) सिंगापुर एयरलाइन्स ६ ) क्वान्टास ७ )भर्जिन अष्ट्रेलिया / भर्जिन एट्लान्टिक ८ ) इभा एयर ९ ) क्याथे प्यासिफिक एयरवेज १० ) इमिरेट्स ११ ) लुफ्थान्सा / स्विस १२ ) एसएसएस ) १३) ट्याप पोर्चुगल १४ ) अल निप्पन एयरवेज १५ ) . डेल्टा एयर लाइन्स १६ ) एयर क्यानाडा १७ ) ब्रिटिश एयरवेज १८ ) जेट ब्लु , १९ ) जेएएल २० ) भियतनाम एयरलाइन्स २१ ) टर्किस एयरलाइन्स २२ ) हवाईयन २३ ) केएलएम २४ ) अलास्का एयरलाइन्स र २५ औ स्थानमा अमेरिकाको युनाइटेड एयरलाइन्स परेको छ ।

प्रतिक्रिया