अमेरिकाको वाशिङ्टन राज्यमा गाडीमा नौ घण्टासम्म छाडेर गए पछि १ वर्षीय बालकको मृत्यु

इनेप्लिज २०८० जेठ १६ गते १८:३८ मा प्रकाशित

अमेरिकाको वाशिङ्टन राज्यमा गाडीमा नौ घण्टासम्म छाडेर गए पछि १ वर्षीय बालकको मृत्यु भएको छ ।

गत हप्ता वाशिङ्टन राज्यमा अस्पतालबाहिर गाडी अडान स्थल(पार्किङ )मा सवारी साधन( कार)मा नौ घण्टासम्म छाडेर गए पछि १ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बच्चाको पालनपोषण गर्ने आमावे गत बुधवार बिहान ८ बजे कामको लागि अस्पताल आइपुगिन र बच्चा गाडी भित्र रहेको बिर्सिएर काममा गएकी थिइन ।

साँझ ५ बजे पछि मात्र आउदा उन्ले थाहा पाएको पुयालुप प्रहरी विभागका सार्वजनिक सूचना अधिकारी डन बोर्बोनले बताए।

बच्चालाई अस्पताल भित्र लगियो तर पुनर्जीवित गर्न सकिएन , बोर्बनले भने।

टाकोमाको दक्षिणपूर्वमा रहेको पुयालुपमा त्यस दिनको तापक्रम ७० देखि ७५ डिग्रीको बीचमा थियो तर बच्चा फेला पर्दा गाडीको आन्तरिक तापक्रम ११० डिग्रीको हाराहारीमा रहेको प्रहरीले जनाएको छ ।

पालनपोषण गर्ने आमा र परिवारले अनुसन्धानमा सहयोग गरिरहेका छन् र कुनै अभियोग दर्ता नगरिएको प्रहरीले बताए।

प्रतिक्रिया