नक्कली भूटानी शरणार्थी प्रकरण दवाव अभियानलाई समर्थन गर्न हस्ताक्षर कार्यक्रम प्रारम्भ गरिएको छ ।
नेपालको राज्य संयन्त्रको नेतृत्व तहमा आसीन ब्यक्तिहरू नै संगठित गिरोहमा संलग्न भएर राष्ट्रीय छविलाई धुलोमा मिलाउने मानव तस्करी र भ्रष्ट्राचारको निकृष्टतम् काण्ड – नक्कली भूटानी शरणार्थी प्रकरणले नेपालीको आत्मसम्मानमा ठूलो क्षति पुगेको छ।
यो हस्ताक्षर अभियानको उद्देश्य यस् घटनालाई गाम्भिरताका साथ लिएर सम्बन्धित दोषीहरूलाई कडा भन्दा कडा कारवाही गरियोस् भनी नेपाल सरकारको ध्यानाकर्षण गर्न नेपाली डायस्पोराको गहन सरोकारको जानकारी गराउनु हो ।
अभियानकर्ताहरुले यसमा सबै नेपालीमूलका व्यक्तिहरुलाई समर्थनको लागी आह्वान गरेका छन।
कृपया तलको लिङ्कमा गएर आफ्नो नाम राखी यो दवाव-अभियानमा समर्थन जनाई दिनु हुन हार्दिक अनुरोध छ।https://www.change.org/p/punish-the-perpetrators-in-the-fake-refugee-scam-fakerefugeescam?utm_source=
प्रतिक्रिया