सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा पुग्यो फाइबर इन्टरनेट

इनेप्लिज २०८० जेठ १५ गते १६:२८ मा प्रकाशित

सोलुखम्बु । नेपाल इन्टरनेट फाउन्डेसन र इन्टरनेट सोसाइटी को सयुक्त प्रया समा एभरेष्ट कम्युनि टी नेटवर्क सो लुखम्बुको खुन्दे र खमजुङ गा उँमा फा इबर बि च्छ्या इएको छ ।

तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहन गरेको ७० औं वार्षिकोत्सवको अवसरमा २
गाउँमा फाइबर इन्टरनेट पुर्याएको हो ।

आईतबार सोलुखम्बुमा एक कार्यक्रम गर्दै उक्त परियोजना को औपचारिक सुरूवात गरिएको छ । उक्त कार्यक्रममा सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी , न्युजल्याण्ड पूर्व प्रधानमन्त्री हेलेन कर्लक, इन्टरनरेट सोसाइटीका क्षेत्रीय निर्देशक नाबेद ऊलहक, इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठ, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारी लगायको उपस्थिति रहेको थियो ।

खुन्दे र खमजुङ गाउँमा भएको यसअघिको वायरलेस प्रविधि लाई फाइबरमा अपग्रेड गरिएको छ । फाइबर विस्तार भएसँगै खुन्दे र खमजुङका बासिन्दा तथा सगरमाथा आरोहन गर्न आउने आरोहीले अब उच्च गती को गुणस्तरीय इन्टरनेट चलाउन सक्ने नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।

फाइबर पुगेपछि अब खमजुङ माध्यमिक विद्यालय, खुन्दे अस्पताल र खुन्दे कम्युनिटी क्लबमा निः शुल्क जडान हुनेछ । पहिलो चरणमा सार्वजनिक स्थानमा फाइबर इन्टरनेट जडान गर्ने र त्यसपछि को चरणमा घरहरूमा फाइबर इन्टरनेट जडान गरिने छ ।

घरहरूमा जोडि न इन्टरनेट सस्तो शुल्कमा उपलब्ध गराइने छ ।तीकोनेलेनीईडिजिशि उच्च गतीको फाइबर इन्टरनेटले स्थानीयलाई डिजिटल शिक्षा र टेलि हेल्थको पहुँच सँगै नयाँ आम्दानी को अवसरसँग पनि जोड्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसले सगरमाथा आरोहण गर्न आउने आरोही लाई समेत आकर्षण गर्ने बताइएको छ । फाइबर पछि खुन्दे र खम्जुङ गा उँमा सुरक्षा प्रणाली समेत जडान गर्ने योजना रहेको छ । उक्त प्रणालीले स्थानीय गाउँबाट टाढा गएका बेला आफ्नो घर र जनावरको सुरक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । खुन्दे र खमजुङमा होमस्टेको समेत व्यवस्था रहेको छ, जहाँ शेर्पा हरूको सस्कृति प्रत्यक्ष रूपमा अनुभूति गर्न पाइन्छ ।

प्रतिक्रिया