न्यूयोर्क शहरको एक अतिथिगृह (होटल)मा ४ महिनाकी आप्रवासी बालिकाको मृत्यु: प्रहरी

इनेप्लिज २०८० जेठ १२ गते ०:१८ मा प्रकाशित

न्यूयोर्क शहरको एक अतिथिगृह (होटल)मा चार महिनाकी आप्रवासी बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एक प्रहरी अधिकारीले आप्रवासी परिवारको सदस्य भएको बताईएको बच्चा बिहीबार बिहान ७:३२ मा न्यूयोर्कको मिडटाउनको स्टीवर्ट होटल(अतिथि गृह )मा अचेत र अनुत्तरदायी अवस्थामा फेला परेको अधिकारीहरूले जनाएका छन्। उनलाई बेल्लेभ्यु अस्पतालमा मृत घोषित गरिएको थियो। प्रहरीका अनुसार कुनै अपराधिक घटना नभए पनि चिकित्सा परीक्षकले मृत्युको कारण पत्ता लगाउने छन ।

एबिसी न्यूजका अनुसार स्टीवर्ट होटल(अतिथि गृह )जुन न्यूयोर्क शहर सामाजिक सेवा विभागको आपतकालीन आश्रयको रूपमा प्रयोग भइरहेको थियो तर नोभेम्बरमा आप्रवासी आश्रयमा( इमिग्रान्ट्स शेल्टर) रूपान्तरण गरिएको थियो।

प्रतिक्रिया