बेलायती प्रधानमन्त्रीको आधिकारिक निवास लण्डनस्थित डाउनिङ स्ट्रिटको द्वारमा ठक्कर दिए पछि एक व्यक्ति पक्राउ

इनेप्लिज २०८० जेठ ११ गते १६:५३ मा प्रकाशित

बेलायती प्रधानमन्त्रीको आधिकारिक निवास लण्डनस्थित डाउनिङ स्ट्रिटको द्वारमा गाडी( कार )ले ठक्कर दिए पछि एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जनाएको छ ।

बिहीबार घटना भएको बेला बेलायती प्रधानमन्त्री ऋषि सुनक डाउनिङ स्ट्रिटमा थिए तर त्यसपछि निर्धारित भ्रमणका लागि प्रस्थान गरेको बीबीसीले जनाएको छ।

घटनापछि आपराधिक क्षति र खतरनाक सवारीसाधन चलाएको आशंकामा सशस्त्र प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरीले जनाएको छ । 

घटनामा कोही पनि घाइते नभएको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया