लस एन्जेलसका सार्वजनिक यात्रीयान (बस )चालकलाई जघन्य छुरा प्रहार, शंकास्पद व्यक्ति फरार

इनेप्लिज २०८० जेठ ११ गते १०:५५ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जेलसका सार्वजनिक यात्रीयान (बस )चालकलाई एक शंकास्पद व्यक्तिले जघन्य छुरा प्रहार गरि चालकलाई घाइते बनाएको लस एन्जेलस प्रहरी बिभागले जनाएको छ ।

प्रहरीका अनुसार उक्त संदिग्ध पुरुष वुडल्याण्डमा हिल्समा गाडी चढे र चालकलाई छुरा प्रहार गर्नु अघि उनीसँग बहस गर्न थालेको मेट्रो लस एन्जलसले ट्विटरमा प्रकाशन गरेका छन ।

चालक र संदिग्ध व्यक्ति गाडीमा दुवै बाहिर निस्किए र बहस जारी हुँदा संदिग्धले चक्कु (वा धारिलो वस्तु) निकाले र चालकलाई धेरै पटक छुरा प्रहार गरे,” प्रहरीले एक छापा विज्ञप्तिमा जनाएको छ ।

संदिग्ध त्यसपछि एर्विन स्ट्रीट(गल्ली) र टोपांगा क्यान्यन मार्ग (ब्लुभर्ड )नजिकै पैदल भागे, अधिकारीहरूले भने।

लस एन्जेलस प्रहरी विभागका अधिकारीहरूले यस क्षेत्रको खोजी सुरु गरेको प्रमुख मिशेल मूरले बताए । प्रहरी अधिकारीहरूले संदिग्धको तस्बिरसहितको वक्तब्य जारी गरेका छन्।

हिंसाको यो जघन्य कार्य डरलाग्दो छ र हाम्रा एक महानगरका चालक माथि भएको आक्रमण दुखद हो । म उनको लागि प्रार्थना गर्न सम्पूर्ण शहर परिवारमा सामेल छु ,नगर प्रमुख मेयर करेन बासले भने।

प्रहरीले संदिग्ध व्यक्तिलाई सुनौलो घुम्रिएको कपाल र पातलो शरीर र २१ वर्षीय स्वेत व्यक्ति भएको जानकारी गराएको छ । संदिग्ध करिब ६ फिट अग्लो र रातो कमेज ,कालो प्यान्ट र पछाडी बोक्ने कालो झोला बोकेका थिए भनि एबिसी न्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया