न्यूयोर्कको रिजउड नेपाली समाजद्वारा दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्रको लागि आफ्नै भवन खरिद

इनेप्लिज २०८० जेठ १० गते २३:२७ मा प्रकाशित

अमेरिकाको न्यूयोर्कको स्थापित तथा अत्यन्तै क्रियाशील गैर मुनाफा सामाजिक संस्था रिजउड नेपाली समाजले दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्रको आफ्नै भवन खरिद गरेको छ ।

रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्टले सामाजिक संजाल मेटा (फेसबुक)मार्फत समुदायलाई भवन खरिद गरेको जानकारी दिदै सामाजिक संजालमा प्रकाशन गरेका छन ।

उनले १९९८ मा परिकल्पना गरि २००३ मा गैर मुनाफा सामाजिक संस्थाको रुपमा विधिवत दर्ता भएको रिजउड नेपाली समाजले परिकल्पना गरेको आफ्नै दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्रको आफ्नै भवन खरिद गरेकोमा सबैलाई अगवत गराउन पाउँदा हर्षित भएका छौ भनि उनले लेखेका छन् ।

साथै उनले परियोजना लागि सुरुवात देखि नै प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई संस्थाको तर्फबाट विशेष धन्यवाद दिएका छन ।

उनले प्रक्रियाको लागि गरिएका ठूला दुई कोष वृद्धि कार्यक्रमहरु महापुराण २०१० र महापुराण २०१७ मा प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागि भै दान रकम बोलकबुल गरि दान गर्नुभएका सम्पूर्ण दानदाता तथा स्वयंसेवकहरुलाई धन्यवाद दिएका छन् ।

२०२१ को जुन महिनामा भएको साधारण सभाको निर्णय अनुसार यस संस्थाको नाममा २०११ मा खरिद गरिएको जग्गा ९,९० ,००० डलरमा बिक्रि गरि गत मे २३ का दिन आफ्नै भवन ( जस्मा सभा कक्ष ,मन्दिर कक्ष, ४ वटा आवासगृह (अपार्टमेंट), ३ वटा कार्यालयको ठाउँ ) १९,९०००० डलरमा खरिद गरेको उनले जनाएका छन् ।

खरिद प्रक्रियाको लागि वैयक्तिक जिम्मेवारी बसि संस्थाले ९,९०,००० श्रृण लिएको समेत सार्वजनिक गरिएको छ । साथै अहिलेसम्म कबुल गरि दान रकम दिन बाकि रहनु भएका सम्पूर्ण दान दाताहरु एवं नयाँ दाताहरुले शिघ्र दान रकम उपलब्ध गराउन समेत उनले संस्थाको तर्फबाट अनुरोध र आह्वान गरेका छन् ।

प्रतिक्रिया