अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस नजिकैको सुरक्षा घेरामा दुर्घटना गराउने एक संदिग्ध व्यक्ति १९ बर्षिय साई वर्षित कान्डुला भएको पुष्टी भएको छ । उनलाई गरिएको केरकारमा उनले सत्ता कब्जा गर्ने ,राष्ट्रपतिको हत्या गर्ने योजना र बाटोमा अबरोध गर्ने समेतलाई सिध्याउने उनले बताएको फक्स न्युज५ ले समाचारमा उल्लेख गरेको छ ।
साथै अमेरिकी गोप्य सेवाका अधिकारीहरुले घटनास्थलबाट नाजी झण्डा बरामद गरेका थिए । गत सोमबार राति व्हाइट हाउस बाहिर रहेको उद्यान सुरक्षा घेरालाई जानाजानी अमेरिकामा भाडामा दिइने चर्चित यु-हल नामक मालबाहक (ट्रक)ले सुरक्षा घेरालाई ठक्कर दिएका थिए ।
उनलाई राष्ट्रपति वा उपराष्ट्रपतिको परिवारको सदस्यलाई “मार्ने, अपहरण गर्न वा शारीरिक हानि पुर्याउने” धम्की दिने, साथै खतरनाक हतियार, लापरवाह संचालनले आक्रमण गर्न निषेध गर्ने कानून अन्तर्गत मुद्दाको सामना गर्ने छन् ।
संदिग्ध बुधवार डीसीको संघीय अदालतमा उपस्थित हुनेछन् । भर्खरै जारी गरिएको अदालतका कागजातहरूका अनुसार, अमेरिकी गोप्य सेवाका अन्वेषकले १९ वर्षीय साई कान्डुलाले आफ्नो लक्ष्य “ह्वाइट हाउसमा पुग्ने, सत्ता कब्जा गर्ने र राष्ट्रको जिम्मा लिने” रहेको बताएका छन् ।
अमेरिकाको मिजौरीको एक रकवुड बिद्यालय जिल्ला अधिकारीले साई वर्षित कान्डुलाले जनवरी २०२२ को सुरुमा मार्क्वेट हाई स्कूल(उच्च बिद्यालय )बाट पढाई समाप्त गरेको पुष्टि गरे।
संदिग्धले नाजीहरूप्रति धेरै सहानुभूतिपूर्ण टिप्पणीहरू गरेको र कथित रूपमा हिटलरलाई बलियो नेता मानेको समेत उल्लेख अदालतका कागजातमा उल्लेख छ । उनले सुरक्षा घेरा तोड्ने प्रयास गर्दा त्यस क्षेत्र वरपरका सडक र पैदल मार्गहरू बन्द गरिएको थियो।
उक्त भारबाहक गाडी (ट्रक) राती ९ :४० मा डिसीको उत्तरपश्चिम स्थित १६ औ मार्गको लाफायते उद्यान नजिक रहेको सुरक्षा घेरामा ठोक्किएको एनबिसी वाशिंगटनले समाचारमा उल्लेख गरेको छ ।
कुनै पनि गोप्य सेवा वा ह्वाइट हाउसका कर्मचारीहरूलाई कुनै चोटपटक नलागेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया