कोलोराडोमा मानसिक स्वास्थ्य संकटका बेला प्रहरीद्वारा मारिएका एक पीडितका परिवारलाई १९ मिलियन डलर क्षतिपूर्ति दिने सम्झौता

इनेप्लिज २०८० जेठ ९ गते ११:१५ मा प्रकाशित

अमेरिकाको कोलोराडोका एक मानसिक स्वास्थ्य संकटका बेला प्रहरीद्वारा मारिएका पीडितका परिवारलाई १९ मिलियन डलर क्षतिपूर्ति दिने सम्झौता भएको छ ।

एबिसी समाचारका अनुसार मानसिक स्वास्थ्य संकटबाट ग्रस्त हुँदा शेरिफको सहायक प्रहरीद्वारा मारिएका २२ वर्षीय कोलोराडो निवासीका आमाबाबुले राज्य र स्थानीय संस्थाहरूबाट १९ मिलियन अर्थात् १ करोड ९० लाख डलर पाउने भएका छन् ।

उक्त सम्झौता घोषणा मङ्गलबार बिहान घोषणा गरिएको हो । गत वर्ष सिल्भर प्लुमको पहाडी शहरमा उक्त घटना घटेको थियो ।

प्रतिक्रिया