बिश्व प्रसिद्ध चीनिया सामाजिक संजाल टिकटकलाई अमेरिकामा पूर्ण प्रतिबन्ध गर्ने पहिलो राज्य मोन्टाना बिरुद्ध टिकटकले मुद्दा दायर गरेको छ । एबिसी समाचारका अनुसार टिकटकले मोन्टानाको असंवैधानिक टिकटक प्रतिबन्धलाई चुनौती दिएको छ ।
मोन्टानाका गभर्नरले लोकप्रिय चिनियाँ-स्वामित्वको अनुप्रयोग(एप)लाई गैरकानूनी बनाउन एक बिधेयकमा हस्ताक्षर गरेका थिए , जुन २०२४ मा लागू हुनेछ।
टिकटकले गत हप्ता राज्यले लागू गरेको अनुप्रयोग (एप)माथि प्रतिबन्ध लगाएकोमा सोमबार संघीय अदालतमा मोन्टानाविरुद्ध मुद्दा दायर गरेको छ ।
“हामी मोन्टानाको असंवैधानिक टिकटक प्रतिबन्धलाई हाम्रो व्यवसाय र मोन्टानामा लाखौं टिकटक प्रयोगकर्ताहरूको सुरक्षा गर्न चुनौती दिइरहेका छौं,” टिकटकले एक विज्ञप्तिमा जनाएको छ । “हामी विश्वास गर्छौं कि हाम्रो कानुनी चुनौती उदाहरण र तथ्यहरूको अत्यधिक बलियो आधारमा विजयी हुनेछ।”
युएस डिस्ट्रिक्ट कोर्ट(अमेरिकी जिल्ला अदालत )मा दायर गरिएको मुद्दामा प्रतिबन्धले पहिलो संशोधनको उल्लङ्घन गरेको आरोप लगाइएको छ।
एबिसी सामाचारका अनुसार प्रतिबन्ध जनवरी २०२४ देखि लागू हुने जनाएको छ । टिकटकका अनुसार मोन्टानामा लाखौं प्रयोगकर्ताहरू र ५,००० भन्दा बढी व्यवसायहरूलाई सेवा प्रदान गरेको टिकटकका प्रवक्ता ब्रुक ओबरवेटरले एबीसी न्यूजलाई बताए ।
अमेरिकाको मोन्टाना राज्य टिकटक पूर्ण प्रतिबन्ध गर्ने अमेरिकाको पहिलो राज्य हो । रिपब्लिकन गभर्नर ग्रेग जियानफोर्टेले चिनियाँ प्राविधिक सँस्था (कम्पनी)को स्वामित्वमा रहेको सामाजिक संजाल अनुप्रयोग (सोशल मिडिया एप)लाई पूर्ण प्रतिबन्ध लगाउदै हस्ताक्षर गरेका थिए ।
मोन्टानाले गत डिसेम्बरको अन्तमा सरकारी स्वामित्वमा रहेका उपकरणहरूमा अनुप्रयोग (एप)लाई प्रतिबन्ध लगाएको थियो ।
प्रतिक्रिया