मेक्सिकोको बाजा क्यालिफोर्नियामा अमेरिकी सीमाबाट करिब ७३ किलोमिटर टाढा रहेको एउटा कार प्रदर्शन (र्याली)मा बन्दुकधारीहरूको एउटा समूहले आक्रमण गर्दा कम्तीमा १० व्यक्तिको मृत्यु हुनुका साथै नौ जना घाइते भएका अधिकारीहरूले बताएका छन्।
बाजा क्यालिफोर्निया प्रायद्वीपको प्रशान्त तटमा रहेको एन्सेनाडा नजिकैको सान भिसेन्टेमा शनिबार दिउँसो २ बजेपछि भयानक आक्रमण भएको रोयटर्स समाचार संस्थाले जनाएको छ ।
दुई दिने उक्त सवारी साधन प्रदर्शन (कार र्याली)को अन्तिम दिनमा हिंसा भड्किएको स्थानीय अधिकारीहरूले बताएका छन्। गोलीबारीको अङ्कियदृश्य (भिडियो )कथित रूपमा सामाजिक सञ्जालमा प्रकाशन गरिएको छ ।
अङ्कियदृश्य (भिडियो )मा गोली हानेको देखिएका कैयौं व्यक्ति भुइँमा लडिरहेका देखिन्छन । इन्धन चौकी (ग्यास स्टेशन)मा कम्तिमा दुई वटा खैरो रङ्गका मालबाहक सवारी साधन (ग्रे भ्यान)बाट राइफल बोकेका धेरै बन्दुकधारीहरू निस्किए र त्यहाँ भेला भएका गाडी प्रदर्शन (कार र्याली)का सहभागीहरू माथि गोली हानेको रोयटर्सले जनाएको छ ।
बन्दुक चलाए पछि अपराधीहरू गाडीमा फर्किए र घटनास्थलबाट भागे जुन सान डिएगो, क्यालिफोर्नियाबाट लगभग ८६ माईल टाढा छ । पक्राउ परेको कुनै पनि खबर प्राप्त नभएको जनाईएको छ ।
एन्सेनाडाका नगर प्रमुख अरमान्डो आयला रोबल्सले राज्यका महान्यायाधिवक्ता रिकार्डो इभान कार्पियो सान्चेजलाई नरसंहारको छानबिन गर्न विशेष समूह नियुक्त गरेको बताएका छन्।
उक्त सवारी साधन प्रदर्शन (कार र्याली )क्याचानिलाजो भनिने समूहले आयोजना गरेको थियो।
प्रतिक्रिया