अमेरिकाको अलाबामामा जन्मदिनको भोजमा गोली चल्दा १ जनाको मृत्यु, ३ घाइते

इनेप्लिज २०८० जेठ ६ गते २३:१५ मा प्रकाशित

अमेरिकाको अलाबामामा आयोजना गरिएको एक जन्मदिनको भोजमा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने ३ घाइते भएका छन् ।

अमेरिकाको अलाबामाका प्रहरी अधिकारीहरूले बर्मिङ्घममा जन्मदिनको भोज (पार्टी)मा गोली चलाउँदा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको जानकारी दिएका छन् ।

एक अङ्कीयदृश्य (भिडियो ) वक्तब्यमा सहायक सार्वजनिक सूचना अधिकारी ट्रुमन फिट्जगेराल्डले गोलीबारी राति १० बजे स्थानीय समय अनुसार शुक्रबार राती भएको बताए। बर्मिंघम प्रहरी विभागको दक्षिण प्रान्तका अधिकारीहरूलाई ४७ औं गल्ली (स्ट्रीट )उत्तरको घर संख्या ९०० मा धेरै व्यक्तिहरूलाई गोली हानिएको खबर प्राप्त भए पछि त्यहाँ पठाइएको थियो।

घटनास्थलमा पुगे पछि सबै भन्दा पहिलो आवासगृहको अगाडि एक वयस्क महिला घाइते अवस्थामा फेला परेको फिट्जगेराल्डले भने। आवासगृह (अपार्टमेन्ट )भित्र प्रतिक्रियाकर्ताहरूले “कम्तिमा तीन जना वयस्क पुरुषहरूलाई गोली लागेको अवस्थामाबाट फेला परेका थिए,”

बर्मिंघम अग्नि नियन्त्रण तथा उद्धार कर्मचारीहरू नपुगेसम्म प्रहरी अधिकारीहरूले स्वास्थ्य सेवा प्रदान गरेका थिए । सबै पीडितहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो ।

एक व्यक्तिलाई अस्पतालमा मृत घोषित गरिएको फिट्जगेराल्डले बताए । सिबिएस न्यूजसँग सम्बद्ध सिबिएस ४२ ले ती व्यक्ति ३६ वर्षीय रोशोडे डेभिडसन भएको पुष्टि भएको छ ।

फिट्जगेराल्डले दिएको जानकारी अनुसार उक्त ठेगानामा मानिसहरु जन्मदिन मनाउँदै थिए र भोज चलिरहेको थियो”। एक अज्ञात संदिग्ध उनीहरू नजिक आए र भोजको ढोकामा गोली चलाउन थालेका थिए । हाल सम्म कसैलाई पनि हिरासतमा नलिईएको एबीसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया