रुसद्वारा युक्रेनलाई एफ–१६ लडाकुबिमान उपलब्ध गराएमा पश्चिमलाई ‘ठूलो जोखिम’ हुने चेतावनी

इनेप्लिज २०८० जेठ ६ गते २०:२५ मा प्रकाशित

रुसले युक्रेनलाई एफ–१६ लडाकु बिमान उपलब्ध गराएमा पश्चिमलाई ‘ठूलो जोखिम’ हुने चेतावनी दिएको छ । रुसका उप-विदेशमन्त्रीले युक्रेनलाई एफ-१६ लडाकु विमान उपलब्ध गराएमा पश्चिमी देशहरूलाई “ठूलो जोखिम” हुने चेतावनी दिएका छन भनि रुसी सरकारी सञ्चारमाध्यम टासले शनिबार समाचारमा उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी बिमानचालकहरूलाई उडान गर्न तालिम दिन आफ्नो अघिल्लो स्थितिलाई उल्टाउन समर्थन गरेपछि टिप्पणीहरू आएका हुन्। एफ-१६ लाई ५०० माइल (८६० किलोमिटर) को दायरासंग उच्च प्रदर्शन गर्न सक्ने हतियार प्रणाली मानिन्छ ।

केही मुट्ठीभर युरोपेली देशहरूसँग नेदरल्यान्ड्स सहित अमेरिकी निर्मित एफ-१६ रहेको छ जसले ती मध्ये केही युक्रेनमा निर्यात गर्न इच्छुक रहेको संकेत दिएको थियो ।

रूसको आक्रमण सुरु भएदेखि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो लडाईमा मद्दत गर्न एफ-१६ प्राप्त गर्न संघर्ष गरि रहेका एबिसी समाचारले जनाएको छ ।

गत मार्चमा संयुक्त राज्य अमेरिकाले दुई युक्रेनी बिमानचालकहरूलाई टक्सन, एरिजोनाको सैन्य आधारमा आमन्त्रित गरेको गरेको थियो उनीहरूको सीप मूल्याङ्कन गर्न र एफ-१६सहित विभिन्न अमेरिकी सैन्य विमानहरू उडान गर्न सिक्न कति समय लाग्छ भनेर मूल्याङ्कन गर्न भनि उनीहरुलाई बोलाइएको थियो ।

प्रतिक्रिया