दक्षिण प्रशान्त क्षेत्रमा ७.७ परिमाण (म्याग्निच्युड)को भूकम्पपछि अमेरिकी चेतावनी केन्द्रले सुनामीको चेतावनी हटायो

इनेप्लिज २०८० जेठ ५ गते १०:४८ मा प्रकाशित

दक्षिण प्रशान्त क्षेत्रमा ७.७ परिमाण (म्याग्निच्युड)को भूकम्पपछि अमेरिकी चेतावनी केन्द्रले सुनामीको चेतावनी हटाएको छ । संयुक्त राज्य अमेरिकाको सुनामी चेतावनी केन्द्रले शुक्रबार दक्षिण प्रशान्त क्षेत्रमा ७.७ परिणामको भूकम्प गएको करिब तीन घण्टापछि सतर्कता हटाएको छ ।

“उपलब्ध सबै तथ्याङ्कका आधारमा यस भूकम्पबाट सुनामीको खतरा अब समाप्त भएको छ,” केन्द्रले एक प्रतिवेदनमा उल्लेख गरेको छ।

यसअघि अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजीएस) ले यस क्षेत्रमा ३८ किलोमिटर (२३ माइल) गहिराईको ७.७ परिमाण (म्याग्निच्युड)को भूकम्प गएपछि यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई तटीय क्षेत्रबाट टाढा रहन सल्लाह दिइएको थियो।

अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु फ्रान्सेली क्षेत्र न्यू क्यालेडोनियाको लोयल्टी टापुहरू, फिजी र भानुआटुको पश्चिममा रहेको थियो।

प्रारम्भमा केन्द्रबिन्दुको १,००० किलोमिटर (६२१ माइल) भित्रका तटहरू र भानुअतु र किरिबाटी लगायत नजिकका राष्ट्रहरूमा सुनामी चेतावनी जारी गरेको थियो भने तर पछि यसलाई फिर्ता लिएको छ ।

हवाई आपतकालीन व्यवस्थापन संस्था (एजेन्सी)ले पश्चिमी अमेरिकी राज्यमा सुनामीको खतरा नरहेको पनि ट्वीट गरेको छ। न्युजिल्यान्डको राष्ट्रिय आपतकालीन व्यवस्थापन संस्थाले एउटा ट्वीटमा सुनामी आउन सक्ने सल्लाह प्रभावकारी रहेको चेतावनी दिएको छ ।

पहिलो भूकम्प ७.७ परिमाण (रेक्टर स्केल)को रहेको बताइएको छ । अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रको पछिल्लो अध्यावधिक (अपडेट)मा पुन: घटाउनु अघि यसलाई संक्षिप्त रूपमा ७.८ सम्म परिमार्जन गरिएको थियो भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया