युक्रेनले रुसले रातभरी प्रक्षेपण गरेका ३० पोतबिहार क्षेप्यास्त्र ( क्रुज मिसाइल)मध्ये २९ वटा खसालेको दाबी गरेको युक्रेनी वायुसेनाले आफ्नो संचार माध्यम टेलिग्राममा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।
क्षेप्यास्त्रहरू विभिन्न दिशाबाट आएका थिए,” विज्ञप्तिमा भनिएको छ। युक्रेनी वायुसेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कुल ३० वटा समुद्री, हवाई र जमिनबाट प्रक्षेपण गरिएका पोतबिहार क्षेप्यास्त्र प्रक्षेपण गरिएको छ, र हवाई सुरक्षाले २९ वटा पोतबिहार क्षेप्यास्त्रलाई नष्ट गरेको छ।”
वायुसेनाले दुई आक्रमण मानव रहित युद्धयान (ड्रोन )र दुई वटा टोही मानव रहित युद्धयानलाई पनि खसालेको दाबी गरेको छ। युक्रेनको दक्षिणी बन्दरगाह शहर ओडेसामा बुधबार राति रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको युक्रेनी सैन्य अधिकारीहरूले बताएका छन् ।
कीभ र अन्य युक्रेनी क्षेत्रहरूमा बिहीबार बिहानै विस्फोटको आवाज सुनिएको अधिकारीहरूले राष्ट्रव्यापी हवाई आक्रमणको जानकारी गराएका छन् । कीभका सैन्य अधिकारीहरूले राजधानीको वायु प्रतिरक्षा सक्रिय भएको बताएका छन ।
प्रतिक्रिया