अमेरिकाको टेक्सस राज्यमा १ वर्षीय शिशुलाई ४ वर्षीय दाजुले गल्तिले गोली हानेको अधिकारीहरूले बताएका छन् ।
गत मङ्गलबार दिउँसो टेक्ससमा आफ्नो घरमा ४ वर्षीय दाइले गल्तीले गोली हानेपछि एक १ वर्षीय शिशुलाई गोली हने पनि उनि बाँच्ने आशा गरिएको अधिकारीहरूले भने।
यो घटना उत्तरपूर्वी ह्युस्टनको उपनगरीय छिमेक शेल्डनमा एउटा घर भित्र भएको हो। प्रारम्भिक अनुसन्धानका अनुसार ४ बर्षिय बालकले घरमा असुरक्षित बन्दुक पेस्तोल फेला पारेको थियो । अकस्मात आफ्नो सानो भाइलाई गोली हानेको ह्यारिस काउन्टी शेरिफको कार्यालयले जनाएको छ।
ह्यारिस काउन्टी शेरिफको कार्यालयका प्रमुख साउल सुआरेजले पत्रकारहरूलाई भने, “१ वर्षीय बालकलाई तुरुन्तै अस्पताल लगिएको र बाँच्ने आशा गरिएको छ भनी वुवारण दिन पाउँदा म कृतज्ञ छु।” घटनाको अनुसन्धान जारी छ भने बालकले केटाले घर भित्र कसरी हतियार कहाँ फेला पार्यो त्यो अस्पष्ट रहेको उनले बताए ।
बच्चाको बुबा जसले आफ्नो नाम दिन वा पत्रकारहरुको अगाडी आउन अस्वीकार गरे। ह्युस्टन एबीसीको केटिआरकेलाई उनका बुवाले बताए अनुसार उनको ४ वर्षीय छोरा खेलौना बन्दुकसँग खेल्न मन पराउँछ । सायद बच्चालाई उसले वास्तविक बन्दुक थाहा नभएकोले समातेको बताए ।
बच्चाको बुबाले आफ्नी ७ वर्षीया छोरी पनि त्यतिबेला घरभित्रै रहेको बताए । बुबाले गोली चलाउँदा घरमा आफू नभएको र बन्दुक त्यहाँ बसेका आफन्तको रहेको बताए ।
प्रतिक्रिया