अमेरिकी नागरिकलाई चीनमा आजीवन कारावासको सजाय

इनेप्लिज २०८० जेठ १ गते १८:४१ मा प्रकाशित

चीनले ७८ वर्षीय अमेरिकी नागरिकलाई जासुसीको आरोपमा आजीवन कारावासको सजाय सुनाएको छ ।

एक अदालतले सोमबार उक्त जानकारी गराएको छ भने
तर पहिले विवरण नगरिएको मुद्धाको बारेमा केही विवरणहरू खुलासा गरेको छ।

अमेरिकी राहदानी धारक जोन शिंग-वान लेउङलाई कारागार हाल्नुले बेइजिग र वाशिंगटन बीचको पहिले नै बिग्रिएको सम्बन्धलाई थप तनाव दिने सम्भावना हुने सिविएस समाचारले लेखेको छ ।

हङकङका स्थायी बासिन्दा समेत रहेका लेउङलाई “जासुसीको आरोपमा दोषी ठहर गरिएको छ, आजीवन कारावासको सजाय सुनाइएको छ, आजीवन राजनीतिक अधिकारबाट वञ्चित गरिएको छ,” पूर्वी चिनियाँ सहर सुझाउको मध्यवर्ती जन अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सुझाउका अधिकारीहरूले अप्रिल २०२१ मा लेउङ विरुद्ध “कानून अनुसार अनिवार्य कदम चालेका थिए”, तर कहिले हिरासतमा लिइएको थियो भनि नबताईको सिविएस समाचारमा उल्लेख छ ।

प्रतिक्रिया