जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भेट्न बेलायत आइपुगे ,सैन्य सहयोगको नयाँ संपुष्टि (प्याकेज) घोषणा गर्ने

इनेप्लिज २०८० जेठ १ गते ९:५५ मा प्रकाशित

सिएनएन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भेट्न बेलायत आइपुगेका छन ।

जेलेन्स्की स्थानीय समय अनुसार बिहान ९:३० (४:३० बजे पूर्वीय समय )बेलायती प्रधानमन्त्रीको आधिकारिक ग्रामीण इलाकाको घर चेकर्समा आइपुगेका थिए । चेकर्स लन्डनबाट ४० माईल पश्चिममा बकिंघमशायरमा छ।

विज्ञप्तिमा भनिएको छ, “दुई नेताहरूले पुटिनको क्रूर आक्रमणको लागि युक्रेनको चलिरहेको सैन्य प्रतिरोधको बारेमा छलफल गर्नेछन्।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्ने क्रममा युक्रेनको लागि सैन्य सहयोगको नयाँ संपुष्टि (प्याकेज) घोषणा गर्ने छन्, डाउनिङ स्ट्रीटले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

सुनकले “२०० किमी भन्दा बढीको दायराका सयौं नयाँ लामो दूरीको आक्रमण मानव रहित युद्ध्यान (ड्रोन)हरू सहित सयौं वायु रक्षा क्षेप्यास्त्र (मिसाइल)हरू र थप मानवरहित हवाई प्रणालीहरूको थप बेलायतले प्रदान गर्नेछ,” विज्ञप्तिमा भनिएको छ।

आगामी महिनाहरूमा सबै पठाइनेछन् किनभने युक्रेनले रुसको आक्रमणको बिरूद्ध आफ्नो प्रतिरोधलाई तिव्रता दिने तयारी गरिरहेको छ ।

भयंकर आक्रामक युद्धको युक्रेनको प्रतिरोधमा यो महत्त्वपूर्ण क्षण हो ,सुनकले भने । “उनीहरूलाई अथक र अन्धाधुन्ध आक्रमणहरूबाट बचाउन अन्तर्राष्ट्रिय समुदायको निरन्तर समर्थन चाहिन्छ। एक वर्ष भन्दा बढीको लागि तिनीहरूको दैनिक वास्तविकता भएको छ ,उनले अगाडी भने ।

जेलेन्स्कीले बेलायती प्रधानमन्त्री सुनकसँग “युक्रेनका लागि तत्काल सहयोग” को आवश्यकताबारे छलफल गर्ने बताए र दुई नेताहरूले सोमबार चेकर्समा भेटेका छन्। सुनकले जेलेन्स्कीको प्रशंसा गर्दै भने ,उनको नेतृत्व “हामी सबैको लागि प्रेरणा हो।”

जेलेन्स्कीको बेलायत सबैभन्दा पछिल्लो भ्रमण हो। उनले शनिबार रोममा इटालीका प्रधानमन्त्री, बर्लिनमा जर्मन चान्सलर ओलाफ स्कोल्ज र आइतवार पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई भेटे।

प्रतिक्रिया