अमेरिकाको टेक्सस राज्यको रियो ग्रान्डे उपत्यकाको लगुना हाइट्स टेक्सास नजिकै आएको सम्भावित घुम्रपात (टोर्नाडो)का कारण शनिबार बिहान कम्तिमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य धेरै घाइते भएको राष्ट्रिय मौसम सेवाले जनाएको छ।
सामाजिक संजाल (फेसबुक)मा एक विज्ञप्ति प्रकाशित गर्दै पोर्ट इसाबेल प्रहरी विभागका अनुसार जमिनमा घुम्रपात आएको र धेरै संरचनाहरू ध्वस्त भएको पुष्टि गर्यो। लगुना हाइट्सबाट कुनै पनि सवारीसाधनलाई अनुमति दिइएको छैन भनि एबिसी समाचारले लेखेको छ ।
विज्ञप्तिमा भनिएको छ,कर्मचारीहरूले भग्नावशेष र झरेका बिद्युतका खम्बा (पावर लाइन)हरू हटाउन काम गरिरहेका छन्। विहान ४ बजेतिर लागुना हाइट्स घुम्रपात आएको र धेरै संरचनाहरू ध्वस्त र घाइते भएको पुष्टि भएको छ। पोर्ट इसाबेल आश्रय केन्द्रका आश्रयका लागि खुला छ भनि बिज्ञप्तिमा जनाईएको छ ।
राजमार्ग १०० मा चालकहरूलाई राजमार्ग ४८ मा फर्काइएको छ । घुम्रपात ( टोर्नाडो)ले दक्षिणी टेक्ससमा हानिकारक हावा, ठूला असिना र घुम्रपात ल्याउन सक्छ र त्यहाँ बाढीको उच्च जोखिम छ भनि एबिसी समाचारले जनाएको छ ।
वर्षा र चट्याङको सम्भावना शनिबार र सप्ताहन्त मार्फत दक्षिण टेक्ससमा बढ्नेछ। शनिबारदेखि आइतबारसम्म भारी वर्षा हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया