अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन दुर्व्यवहार गरेको दोषी पाइएकोले पीडितलाई ५० लाख डलर दिनु पर्ने फैसला सुनाए पछि ट्रम्पले पुनरावेदन अदालतमा अपिल गरेका छन् ।
ट्रम्पले ई. जीन क्यारोलको नागरिक मुद्दामा ५ मिलियन डलरको फैसला बिरुद्ध अपील गरेका छन् । ट्रम्पले न्यूयोर्कको म्यानह्याटन संघीय न्यायपरिषद्ले दिएको ५ मिलियन डलरको फैसलाविरुद्ध अपिल गरेका हुन् ।
ट्रम्पका वकिलहरूले बिहीबार दोस्रो युएस सर्किट कोर्ट अफ अपील( अमेरिकी पुनरावेदन अदालत)मा पुनरावेदनको सूचना दायर गरेका छन् । ट्रम्पले यसअघि अपील गर्ने योजना रहेको संकेत गरेका थिए।
ट्रम्पले १९९६ को वसन्तमा न्यूयोर्कको बर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोर(बिशाल बजार )मा उनलाई बलात्कार गरेको दाबि गरेता पनि क्यारोलले दायर गरेको मुद्धामा निर्णायक मण्डलले यौन आक्रमण र मानहानिको लागि ट्रम्प जिम्मेवार भएको निर्णय सुनाएका थिए ।
ट्रम्प आश्चर्य चकित हुदै उनले यौन दुर्ब्यबहार गरेको महिलालाई नचिनेको र उनि को हुन् भन्दै आक्रोस सहित प्रतिक्रिया दिएका थिए ।
निर्णायक मण्डलले क्यारोललाई मुद्धामा ५ मिलियन अर्थात् ५० लाख डलरको क्षतिपूर्ति दिएका छन् । निर्णायक मण्डलले ट्रम्पले क्यारोललाई बलात्कार नगरेको तर उनलाई यौन दुर्व्यवहार गरेको पत्ता लगाएका थिए ।
निर्णायक सदस्यहरूले ट्रम्पले क्यारोललाई बलात्कार गरेनन् तर उनको यौन दुर्व्यवहार गरे भनि फैसला सुनाएका थिए । क्षतिपूर्तिमा २ मिलियन क्षतिपूर्ति र यौन आक्रमणको लागि दण्डात्मक क्षतिमा २० हजार डलरको क्षतिपूर्ति दिएका छन् ।
निर्णायकले मानहानीको लागि १ मिलियन क्षतिपूर्ति, १.७ मिलियन प्रतिष्ठा निर्माणको लागि र २,८० ,००० दण्डात्मक क्षति गरि कुल ५ मिलियन पुरस्कार क्यारोललाई ट्रम्पले दिनु पर्ने फैसला सुनाएका छन् ।
करिब तीन घण्टाको बहसपछि निर्णायक मण्डलले आफ्नो फैसला सुनाएको थियो । ट्रम्पले फैसलालाई “अपमानजनक” भने र पूर्व राष्ट्रपतिका प्रवक्ताले अपील गर्ने बताएका थिए ।
प्रतिक्रिया