ट्रम्पले यौन दुर्व्यवहार गरेको दोषी पाइएकोले पीडितलाई ५० लाख डलर दिनु पर्ने ,ट्रम्प पुनरावेदन अदालतमा जाने

इनेप्लिज २०८० वैशाख २७ गते १०:५४ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन दुर्व्यवहार गरेको दोषी पाइएकोले पीडितलाई ५० लाख डलर दिनु पर्ने भएको छ । तर ट्रम्प आश्चर्य चकित हुदै उनले यौन दुर्ब्यबहार गरेको महिलालाई नचिनेको र उनि को हुन् भन्दै आक्रोस सहित प्रतिक्रिया दिएका छन् ।

उनले पुनरावेदन अदालतमा जाने घोषणा गरेका छन् भने यी सबै आफ्नो राजनैतिक पेशालाई ध्वस्त बनाउने षडयन्त्र भएको बताए । इ. जीन क्यारोल नामक महिलाले दायर गरेको मुद्धामा निर्णायक मण्डलले यौन आक्रमण र मानहानिको लागि ट्रम्प जिम्मेवार भएको निर्णय सुनाएका छन् ।

निर्णायक मण्डलले क्यारोललाई मुद्धामा ५ मिलियन अर्थात् ५० लाख डलरको क्षतिपूर्ति दिएका छन् । निर्णायक मण्डलले डोनाल्ड ट्रम्पले ई. जीन क्यारोललाई बलात्कार नगरेको तर उनलाई यौन दुर्व्यवहार गरेको पत्ता लगाएको छ ।

गत नोभेम्बरमा मुद्दा हाले पछि क्यारोलले ट्रम्पले उनको २०२२ को आफ्नो सामाजिक संजालमा उनको आरोपलाई “छल र झूट” भन्दै बदनाम गरेको आरोप लगाए। ट्रम्पले उनको दावीलाई अस्वीकार गरेका थिए । ट्रम्पले १९९० को दशकमा बर्गडोर्फ गुडम्यान ड्रेसिङ रूम( पोशाक परिवर्तन गर्ने कक्ष)मा उनलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

निर्णायक सदस्यहरूले ट्रम्पले क्यारोललाई बलात्कार गरेनन् तर उनको यौन दुर्व्यवहार गरे भनि फैसला सुनाएका छन् । क्षतिपूर्तिमा २ मिलियन क्षतिपूर्ति र यौन आक्रमणको लागि दण्डात्मक क्षतिमा २० हजार डलरको क्षतिपूर्ति दिएका छन् ।

निर्णायकले मानहानीको लागि १ मिलियन क्षतिपूर्ति, १.७ मिलियन प्रतिष्ठा निर्माणको लागि र २,८० ,००० दण्डात्मक क्षति गरि कुल ५ मिलियन पुरस्कार क्यारोललाई ट्रम्पले दिनु पर्ने फैसला सुनाएका छन् ।

करिब तीन घण्टाको बहसपछि निर्णायक मण्डलले आफ्नो फैसला सुनाएको हो । ट्रम्पले फैसलालाई “अपमानजनक” भने र पूर्व राष्ट्रपतिका प्रवक्ताले अपील गर्ने बताए ।

प्रतिक्रिया