मेरिल्याण्ड राज्य संसदको ४४६ औ सेसनले हाउस विल ०९६७ ले दशैं दिन अर्थात ” दशैं डे ” को मान्यता पाएको छ । हिजो एक समारोह बिच मेरिल्याण्ड राज्यका गर्भनर वेज मोर द्वारा मेरिल्याण्ड राज्य ऐनापोलिस स्थित गर्भनरको कार्यालय बाट उक्त विघेयकमा हस्ताक्षर गर्नु भएको हो ।कुनै एउटा दिन छनौट गर्नुपर्ने भएको कारणले अक्टोबर ५ लाई दशैं दिनको रुपमा मनाउन छनौट गरिएको जानकारी डेलीगेट भण्डारीले गराउनु भएको थियो ।यस विघेयक हस्ताक्षर समारोहमा डेलिगेट भण्डारी लगायत मेरिल्याण्ड राज्यमा बसोबास गर्ने गैर आवासीय संघ, अमेरिकाका प्रतिनिधिहरू, बुद्धिजीवी वर्ग, समाजिक अभियन्ता, पत्रकार लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यस खुशीको घडीमा मेरिल्याण्ड राज्यमा बसोबास गर्नुहुने सम्पूर्ण गैर आवासीय नेपालीहरु लाई हार्दिक बधाई तथा शुभकामना सहित डेलिगेट भण्डारीले यस ” दशै डे ” विधेयक पारित गर्नको लागि खेल्नु भएको महत्वपूर्ण योगदानको लागि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका डेलिगेट भण्डारी प्रति आभार सहित धन्यवाद पनि व्यक्त गर्दछ ।
सचिवालय
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद अमेरिका
कसरी भयो संभव ? पृष्टभुमि ( डेलिगेट भण्डारीको सचिवालय द्वारा जारी विज्ञप्ति)
यो विधयेकलाई यसरी मान्यता दिनको लागि मेरिल्याण्डका राज्य सांसद डा हयारी भण्डारीले हाउसको तल्लो सदन अर्थात हाउसमा अघिल्लो संसदमा समेत पेश गर्नु भएको थियो । तर तत्कालिन अवस्थामा सिनेटमा रहनु भएका र अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टनले रोमानियाका लागि राजदूत नियुक्त गर्नु भएका सिनेटर रोजा पेपेले सिनेटमा प्रस्तुत गर्नु भएको थियो तर पनि यस सम्वन्धि विधयेक माथिल्लो सदन अर्थात सिनेटमा अगाडि बढ्न सकेको थिएन ।
तर यस पटकको अधिवेशनमा डेलिगेट भण्डारीले पुन विधयेक पेश गर्नु भयो । तल्लो सदनले पारित गरेपछि विभिन्न उपसमिति,समितिमा गहन छलफल र विभिन्न व्यक्तिहरुले विधयेक माथि टिप्पणी गर्नु भएको थियो । यसका केही आलोचकहरुले दशैंमा पशुको वध गरिने भन्ने विषयलाई प्राथमिकताका साथ उठाउनु भएको थियो ।
यस सम्वन्धि भएका छलफलहरु मेरिल्याण्ड जनरल एसेम्वलीको वेभसाईटममा राखिएका भिडियोहरु मार्फत पनि जानकारी प्राप्त गर्न सकिन्छ । साथै यो अव अमेरिकाको मेरिल्याण्ड राज्यको नीति नियम र कानून सम्वन्धि संग्रह ( नेपाली भाषाको जनवोली अनुसार राजपत्र) जनरल प्रोभीजन्स सेक्सन ७– ४१६ एनोटेटेड कोड अफ मेरिल्याण्ड ( २०१९ रिप्लेसमेन्ट भोलुम एण्ड २०२२ सप्लिमेन्ट मा प्रकाशित हुनेछ । यसलाई अरु राज्य र संघीय कानून निर्माताहरुले समेत नीति निर्माणको क्रममा अध्ययन गर्ने गर्छन् । साथै स्थानीय कानूनी प्रक्रियामा सहभागीहरुको लागि कानून कार्यान्वयनमा लैजाने प्रयोजनको लागि उपयोगी हुनेछ । यसैले दशै सम्वन्धि विधयेक दुवै सदनले समेत पारित गरेकाले यो अव विधिवत रुपमा कानूनी मान्यताका साथ कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । अव मेरिल्याण्ड राज्यका गभर्नर वेज मुरले मे ३ तारिखको दिन हस्ताक्षर गरेपछि विधिवत रुपमा यो कार्यान्वयनमा जाने छ ।
यो विधयेकको लागि माननीय डेलिगेट भण्डारीले सन् २०१९ देखि नै कडा मेहनत गर्नु भएको थियो। तर मेरिल्याण्ड राज्यले यस्ता साँस्कृतिक महत्व वोकेको विधयेक पारित गराउन वर्षो वर्ष सम्म लगाउने ईतिहास रहेकाले पारित हुन सकेन । त्यस समयमा ईजुकेशन, ईन्भारोमेन्ट र ईनर्जी समितिमा विल त्यत्तिकै अडकेर समेत वसेको थियो । गत नोभेम्वर महिनामा दोश्रो कार्यकालमा विजयी भएपछि भण्डारीले १० फेबु्रअरी २०२३ मा यो विल प्रस्तुत गर्नु भएको थियो । दर्जन प्रक्रिया पूरा गरेपछि राज्य संसदको हेल्थ एण्ड गभर्नमेन्ट अपरेशन कमिटिले यसलाई मार्च १० तारिखको दिन पास गरेको थियो । त्यसपछिको हाउसको वैठकले यो विधयेक पारित गर्यो ।
हाउसवाट विधयेक पारित भईसकेपछि मेरिल्याण्ड राज्यको संयुक्त सदनमा अमेरिकी प्यासिफिक आईल्याण्डर्स समूहको ( एएपिआई) ककशमा अध्यक्ष रहनु भएका भण्डारी त्यसपछि सिनेटरहरुसँग छलफल र यसको महत्व वारेमा अहोरात्र खटेर जानकारी गराउनु भयो । साथमा सिनेट प्रेसिडेन्ट विल फार्गशन सँग र सिनेटमा वरिष्ठतम व्यक्तित्वहरुसँग समेत निरन्तर सम्वाद र छलफल पश्चात सिनेटवाट मार्च २० तारिखको दिन यसलाई पारित गराउन सफल हुनु भएको हो । यसरी दुवै सदनले पास गरेपछि मेरिल्याण्ड राज्यको वैधानिक कानून वन्न सफल भयो र दशैं डे भनेर मनाउने मार्ग प्रशस्त भएको छ ।
विधयेकमा के लेखिएको छ ?
यो विलमा दशैं नेपालमा उत्पत्ति भएको र यसलाई दक्षिण एशियाली देशहरुका केही भागमा मा र विश्व भरि छरिएर रहेका दक्षिण एशियाली मूलका व्यक्तित्वहरुले मनाउँछन् । साथै घटस्थापना देखि कोजाग्रत पूर्णिमा सम्म १५ दिन सम्म यो चाड मनाईने उल्लेख गरिएको छ । यो चाडले विश्व भातृत्वलाई अपनत्व गर्दे संस्कृत शब्द ” वसुधैव कुटुम्बकम “को भावनालाई आत्मसात गर्दछ । यो साँस्कृतिक महत्व वोकेको चाड हो ।
किन अक्टोवर ५ ?
खासमा महान चाड वडा दशैले शरद ऋतुको मनोरम र आकर्षक मौसमलाई सम्बोधन गरेको हुन्छ । यसै सिलसिलामा एउटा दिन तोक्न पर्ने भएको कारणले अक्टोवर ५ लाई तोकेर विधयेक प्रस्तुत गरिएको हो । यसलाई कालान्तरमा अरु विधयेक जस्तै परिवर्तन गर्न सक्ने व्यवस्था छ ।
कसरी कार्यान्वयन हुन्छ ?
विश्व भाईचारा र आत्मीय भावना जागृत गराउने वडा दशैं पर्वलाई मेरिल्याण्ड राज्यले पास गरेकाले अव हरेक वर्ष अक्टोवर पाँच तारिखको दिन मेरिल्याण्ड राज्यका गभर्नरले एक प्रोक्लोमेसन ( घोषणा पत्र) जारी गर्नु हुनेछ ।
राज्यले नै यसरी हरेक वर्ष सार्वजनिक गरेपछि मेरिल्याण्ड राज्यमा हाईस्कूल तहको अध्ययनमा अमेरिकाको ईतिहास अध्ययन गर्न पर्ने र त्यसमा मेरिल्याण्ड जनरल एसेम्वलीको समेत अध्ययन हुने भएकाले यस सम्वन्धि अध्ययन गर्ने भावी पुस्ताले समेत दशैं पर्वको वारेमा जानकारी हासिल गर्न सक्नेछन् ।
यसको साथमा मेरिल्याण्डको पव्लिक स्कुल सिष्टममा यो दिन विदा माग्ने प्रक्रियाको लागि अभिभावकले आफनो काउन्टीको स्कूल सिष्टममा अनुरोध गर्न सहज हुनेछ । स्मरणीय छ, भण्डारीको पहलमा यस अगाडि नै वाल्टिमोर काउन्टीको पव्लिक स्कुल सिष्टममा दिपावलीको अवसरमा विद्यार्थीहरुलाई विदा दिने व्यवस्था गराउन सफल हुनु भएको छ ।
साथै ठूला ठूला विश्वविद्यालयहरुमा एशियन स्टडी गर्नेहरुको लागि समेत समन्वय र सहकार्य गर्न मद्दत पुग्ने छ । यो एउटा कल्चरल डिप्लोम्यासीको लागि समेत आधार निर्माणको लागि ढोका खोल्ने माध्यम वन्न सक्छ भन्ने डेलिगेट भण्डारीको विज्ञाप्तिमा उल्लेख गरिएको छ ।
फोटो सौजन्य : संदेश टुडे
प्रतिक्रिया