सर्बियाको राजधानी बेलग्रेडको एक विद्यालयमा किशोरले गोली चलाउँदा ९ जनाको मृत्यु,७ जना घाइते

इनेप्लिज २०८० वैशाख २० गते ११:२७ मा प्रकाशित

सर्बियाको राजधानी बेलग्रेडको एक विद्यालयमा किशोरले गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ । एबिसी समाचारका अनुसार संदिग्ध पक्राउ परेका छन् ।

सर्बियाको राजधानीको एक विद्यालयमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

पक्राउ परेका संदिग्ध एक १४ वर्षीय किशोर हुन् जसले कथित रूपमा आफ्नो बुबाको बन्दुक लिएर बेलग्रेडको बिद्यालयमा गोली चलाएको प्रहरीले जनाएको छ।

एक सुरक्षाकर्मी र आठ विद्यार्थी सबै बालबालिका मारिएको प्रहरीले बताए । अन्य छ जना विद्यार्थी र एक शिक्षक घाइते भएका र स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया