सगरमाथा आरोहण गर्ने क्रममा अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ । सोमबार सगरमाथा आरोहण गर्ने क्रममा एक अमेरिकी आरोहीको मृत्यु भएको आरोहण आयोजकले जनाएको छ ।
पासाङ शेर्पाले मंगलबार सीएनएनलाई जोनाथन सुगरम्यानलाई अस्वस्थ महसुस गर्न थालेपछि उनको शिविर २ मा मृत्यु भएको बताए ।
अमेरिकाको सिएटलका सुगरम्यान वाशिंगटन राज्य-आधारित अन्तर्राष्ट्रिय माउन्टेन गाइड्स (आइ एमजी) द्वारा संचालित स्थानीय बेयुल एडभेन्चर मार्फत उनि आरोहणमा संलग्न भएका थिए ।
शेर्पाले सिएनएनलाई “उनको शव आरोहण टोलीका बाँकी टोलीसँग शिबिर २ मा रहेको जानकारी दिए ।
नेपालले यस वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अप्रिल २६ सम्ममा अभिलेख (रेकर्ड )४६३ आरोहीलाई अनुमतिपत्र जारी गरेपछि यस्तो भएको हो ।
सुगरम्यानको मृत्युपछि संयुक्त राज्य अमेरिकाको दूतावासले विज्ञप्ति जारी गरेको छ । सोमबार मे १ मा सगरमाथा आरोहण गर्ने क्रममा डा. जोनाथन सुगरम्यानको निधन भएको पुष्टि गर्न सक्छौँ बिज्ञप्तिमा भनिएको छ । साथै दुताबासले उनको परिवार र साथीहरु प्रति समवेदना प्रकट गरेको छ ।
दूतावास डा. सुगरम्यानको परिवार र स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको भन्दै परिवारको गोपनीयताको सम्मानमा हामी थप टिप्पणी गर्न सक्दैनौं ,बिज्ञप्तिमा उल्लेख छ ।
वसन्तमा सगरमाथा चढ्ने सबैभन्दा लोकप्रिय समय हो जसमा अधिकांश आरोहीहरू मे महिनामा चुचुरो आरोहण गर्ने लक्ष्य राख्छन्।
प्रतिक्रिया