यस वर्ष विशेषगरी गर्मी मौशम(ग्रीष्म कालिन )मा अमेरिकाबाट नेपाल जाने हवाई भाडा(शुल्क) निकै उच्च रहेको छ । यस समयमा धेरै परिवारहरूका आफ्ना छोराछोरीका पढ्ने बिद्यालयहरु लामो छुट्टि हुने र जून १० पछि मातृभूमि (नेपाल)जान रुचाउँछन्।
कतार बिमानसेवाले वासिङ्गटन डीसीबाट अमेरिका नेपाल आवतजावत २,६०० डलर ,डलास र ह्युस्टनबाट ३,२०० भाडा लिइरहेको छ । चर्को भाडाको कारण र यति धेरै बढेको छ कि धेरैजसोले गर्मीमा नेपाल उडान नगर्ने निर्णय समेत गरेका छन्।
सस्तोमा नेपाल उडान कसरी गर्ने भन्ने बारे केही सुझावहरू जेनट्राभल्सले समुदायको लागि प्रदान गरेको छ । सुझाव यस प्रकार रहेका छन् ।
यदि नेपालको भ्रमणको योजना बनाई सक्नु भएको छ या बनाउने योजनामा हुनु हुन्छ भने मे ३१ अघि संयुक्त राज्य अमेरिकाबाट हवाई यात्रा गर्दा राम्रो हुनेछ । वा सेप्टेम्बर १ पछि अमेरिकाबाट नेपाल आउन जान उत्तम हुनेछ ।
साथै न्यूयोर्क राज्य वरपरका राज्यहरु जस्तै पेन्सिलभेनिया, डेलावेयर, न्यू इङ्गल्याण्ड राज्यहरू कुवेत एयरवेजबाट नेपाल आउन जान सकिनेछ र उनीहरुले उडान भर्छन्। यदि तपाई मे अघि वा अगस्त पछि बाहिर जानुहुन्छ भने भाडा लगभग १,२०० डलर हुनेछ। यदि तपाई जुन र जुलाई महिनामा उडान भर्नुहुन्छ भने भाडा दर १,४०० र १,८०० डलरको बीच हुनेछ।
यदि तपाई दशैं वा तिहारको समयमा नेपाल भ्रमण गर्ने योजनामा हुनुहुन्छ भने यो वर्ष सीमित उपलब्धता भएकाले टिकटहरू अहिले नै खरिद गर्न सुझाव नेपाली समुदायलाई दिन्छौं भनि जेन ट्राभल्सले सबै नेपाली समुदायलाई अनुरोध गरेको छ ।
यदि तपाई नेपाल यात्रा गर्न चाहनु हुन्छ भने Zen Travels लाई २४ सै घण्टा सिधै 202.552.1508 सम्पर्क संख्या (नम्बर)मा सम्पर्क गर्न सक्नुहुन्छ वा आफ्नै आर्म सँग संजालस्थल (वेबसाइट ) zentravels.com मा सीधै टिकट स्वयम् खरिद गर्न सक्नुहुनेछ ।
नोट: जेन ट्राभल्स eNepalese.com को विज्ञापनदाता हो ।
प्रतिक्रिया