टेक्ससमा सामूहिक ५ जनाको हत्या गरि फरार रहेका संदिग्धलाई सूचना दिनेलाई ८० हजार डलर पुरस्कार दिने घोषणा गरिएको छ । व्यापक खोजी जारी छ भने लगातर ३ दिन देखि खोजीलाई निरन्तरता दिई रहेको एबिसी समाचारले जनाएको छ ।
संदिग्ध ३८ बर्षिय फ्रान्सिस्को ओरोपेसा भएको र उनि शसस्त्र रहेको एफबिआईले जनाएको छ । अधिकारीहरूले अभियुक्तलाई सशस्त्र र खतरनाक रूपमा वर्णन गरेका छन्।
उनले ८ बर्षिय बालक सहित पाँच परिवारका सदस्यहरूलाई गोली हानी हत्या गरेका थिए ।
ह्युस्टनबाट करिब ५० माईल उत्तरमा रहेको टेक्ससको क्लिभल्याण्डमा रहेको आफ्नो घरको आँगनमा रहेको ३८ वर्षीय संदिग्ध फ्रान्सिस्को ओरोपेसालाई छिमेकीहरूले बन्दुक चलाउन रोक्न आग्रह गरेपछि शुक्रबार राती नरसंहार सुरु भएको अनुसन्धानकर्ताहरूले बताए ।
सान ज्याकिन्टो काउन्टी शेरिफको कार्यालयले राती ११:३१ बजे खबर प्राप्त गरेका थिए । प्रहरीहरु घरमा आइपुगे पछि उनीहरूले सम्पत्तीमा पाँच जना पीडितहरू भेट्टाएका थिए ।
मारिने सबै होन्डुरसका रहेको प्रहरीले जनाएको छ ।
ओरोपेसा अझै पनि खुल्लम खुल्ला छन र सम्भवतः एआर-१५ शैलीको राइफलले सशस्त्र भएको बताईएको छ । एफबीआई जानकारी दिनेलाई ८० हजार डलर इनाम घोषणा गरेको छ ।
प्रतिक्रिया