मिलन लामाले नचाए अस्टिनबासी नेपालीलाई ………

इनेप्लिज २०८० वैशाख १७ गते १२:०७ मा प्रकाशित

नारायण भण्डारी ।जॉगर हुने र जानी नजानी कम्मर हल्लाउन सक्नेहरु के महिला के पुरुष के युवा के पाका कसैलाई नाच त एक पटक भन्नै परेन । सुरिलो स्बरका धनि चर्चित लोक गायक मिलन लामाको स्बर गुन्जिएर कानमा के पुगेको थियो बसेकै ठाउबाट नाच्दै दर्शक श्रोताहरु स्टेजको मझेरीमा हामफाले ।

अकस्मात चिसिएर सेलाएको अस्टिनको चिसो मौसममा नेपाली मनहरु एकाएक तात्न पुगे । नयॉ बर्ष २०८० को अबसर पारेरगत आईतबार टेक्सास राज्यको राजधानी अस्टिन संगै रहेको राउण्ड रक शहरको पाल्म भ्याली स्थित वल्ड सेटलर्स पार्कमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा नेपाली मनहरुले खुसीले नयॉ बर्षको स्बागत गरे ।

नेपाली लोक संगीतका धरोहर गायक मिलन लामा कार्यक्रमका प्रमुख आकर्षण बने । दर्शक श्रोताहरु संगै हौषिएर गित गाउदै नाच्दै गायक लामाले नेपाली मनहरुलाई एकपटक साच्चै नेपालै पुगेको अबस्थामा पुर्याईदिए । माझीदाई पोखरा फेबातालको, हंगकंग आईडीले….लगाएतका चर्चित कालजयी गितहरु गाएर नेपालीहरुको मन मुटुमा बसेका लामाले कार्यक्रमलाई निकै उल्लासमय बनाईदिए । कार्यक्रम ग्रेटर अस्टिन नेपाली सोसाईटी(ग्यान्स)लेआयोजना गरेको हो ।

ग्यान्स टेक्सास राज्यको राजधानी अस्टिन शहर र यस बरपर बस्ने नेपालीहरुको साझा संस्था हो जसले यहॉका नेपालीहरुका लागि राम्रो काम गरिरहेको छ । यसले नेपाली संस्कृति, भाषा, धर्म संरक्षणमा ठुलो योगदान गरिरहेको छ । साथै तिज, फागु पूर्णिमा, राम नवमी लगाएका पर्वहरुमा ग्यान्सले बिशेष कार्यक्रमको आयोजना गर्ने गरेको छ ।ग्यान्सको नेतृत्वमा याहा जमिन किनेर कार्यालय भबन र साथमा पशुपति नाथको बिशाल मन्दिर निर्माण कार्य पनि भई रहेको छ । ग्यान्सले भबन किने पछि याहॉ नेपालीहरुलाई ब्रतबन्ध, जन्मदिन लगाएत बिभिन्न कार्यक्रम गर्न निकै सजिलो भएको छ ।

शुभकामना कार्यक्रममा गित संगित एवं खेलकुद सहित बिभिन्न मनोरंजनात्मक कार्यक्रमहरु पनि गरिएको थियो । यस क्षेत्रमामा बस्ने युबाहरुको सात बटा समुह बिच भलिबल प्रतियोगिता भएको थियो। त्यस्तै कार्यक्रममा हाज़िर जबाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो।

प्रतिक्रिया