अमेरिकाको मिनेसोटामा दुई दशकअघि नवजात शिशुलाई मर्न छोडेकी एक महिलालाई २७ वर्षको कारागार सजाय सुनाइएको छ ।
मिनेसोटाकी एक महिलालाई २० बर्ष भन्दा अगाडी आफ्नो नवजात छोरालाई मिसिसिपी नदीको छेउमा मर्न छोडेको स्वीकार गरे पछि उक्त महिलालाई २७ वर्षको झ्यालखानाको सजाय सुनाइएको एबिसी समाचारले जनाएको छ ।
रेड विंग बाहिर बेल्भिडेर उप नगर (टाउनशिप)की जेनिफर म्याटरलाई गत शुक्रबार दोस्रो श्रेणी हत्याको लागि सजाय सुनाइएको हो । उनले सन् २००३ जनवरीमा बच्चालाई नदीको किनारमा छाडेर गएकोमा दोषी स्वीकार गरिन् ।
उनलाई मे १०, २०२२ सम्म पक्राउ गरिएको थिएन तर डीएनए प्रमाणले उनलाई पक्राउ गर्न सफल भएको एबिसी समाचारमा उल्लेख छ ।
आपराधिक उजुरीका अनुसार बच्चाकी आमाले बच्चालाई छोडेपछि कसैले जीवित भेट्टाउने आशा गरेको बताएकी थिइन् ।
किशोरहरूले डिसेम्बर ७ ,२००३ मा, मिसिसिपी नदीको पेपिन तालको किनारमा फ्रन्टेनाकमा बच्चाको शव फेला पारेका थिए ।
प्रतिक्रिया