अलास्कामा सेनाको दुई उदग्रविमान ठोक्किए पछि ३ जनाको मृत्यु, १ जना घाईते 

इनेप्लिज २०८० वैशाख १५ गते १६:५५ मा प्रकाशित

अलास्कामा सेनाको दुई उदग्रविमान ( हेलीकप्टर) ठोक्कि पछि ३ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन ।

अलास्कामा बिहीबार प्रशिक्षण उडानबाट फर्कने क्रममा दुई अमेरिकी सेनाको विमान आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन सैनिकको मृत्यु भएको छ भने चौथो घाइते भएका छन् ।

अलास्काको हेली नजिकै भएको दुर्घटनामा दुई सैनिकको घटनास्थलमै मृत्यु भएको थियो भने तेस्रोको फेयरब्याङ्कको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सेनाले एक विज्ञप्तिमा जनाएको छ। चौथो सैनिक घाइतेको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

आफन्तलाई खबर गर्न सकिने २४ घण्टासम्म मृतकको नाम गोप्य राखिएको सेनाले जनाएको छ ।

प्रत्येक एएच -६४ अपाचे उदग्रविमान( हेलीकप्टर) दुर्घटनाको समयमा दुई जना मानिस बोकेको अमेरिकी सेना अलास्काका प्रवक्ता जोन पेनेलले बिहीबार बताएका थिए ।

प्रतिक्रिया