रुसी आक्रमणपछि युक्रेनको उमानमा थप दुई शव फेला परेपछि मृत्यु हुनेको संख्या १६ पुग्यो

इनेप्लिज २०८० वैशाख १५ गते १०:५५ मा प्रकाशित

युक्रेनको उमानमा थप दुई शव फेला परेपछि शुक्रबार बिहान युक्रेनमा रुसको आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ भने शहरमा मारिनेको कुल सङ्ख्या १४ पुगेको छ ।

यसअघि डिनिप्रो शहरमा अन्य दुई जनाको मृत्यु भएको विवरण दिईएको थियो। शुक्रबार बिहान युक्रेनी शहरहरूमा पोतबिहार क्षेप्याश्त्र (क्रुज मिसाइल)हरू प्रहार गरिएको थियो।

डिनिप्रोमा एक ३१ वर्षीया महिला र उनको २ वर्षीय बच्चाको मृत्यु भएको क्षेत्रीय अभियोजकको कार्यालयले जनाएको छ। उमानमा मृत्यु हुनेमा दुई जना १० वर्षका बालबालिका पनि रहेको चेर्कासी क्षेत्रका प्रमुख इहोर ताबुरेट्सले बताए ।

राजधानी कीभमा क्षेप्यास्त्र र मानव रहित युद्धयानहरू पनि खसालेका थिए । अधिकारीहरूले ५१ दिनमा युक्रेनको राजधानीमा पहिलो क्षेप्यास्त्र आक्रमण भएको बताएका थिए।

कीभ क्षेत्रमा प्रहार गरिएको क्षेप्यास्त्रका टुक्राहरू बहुतला आवासीय भवनमा ठोक्किएर एक १३ वर्षीया बालिकासहित दुई जना घाइते भएको कीभ क्षेत्रका प्रहरी प्रमुख एन्ड्री नेबिटोभले बताए।

प्रतिक्रिया