भर्जिनियाको एक घरमा ३ जना व्यक्तिहरु मृत अवस्थामा भेटिए, बच्चा सकुशल फेला

इनेप्लिज २०८० वैशाख १४ गते २२:१५ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको पश्चिम स्प्रिंगफिल्डको एक घरमा ३ जना व्यक्तिहरु मृत अवस्थामा भेटिएका छन् भने बच्चा सकुशल अवस्थामा फेला परेको प्रहरीले जनाएका छन् ।

एनबिसी वाशिंगटनका अनुसार घरभित्रै २ वर्षीय बालक जिउँदै र सकुशल अवस्थामा फेला परेको समेत उल्लेख गरेको छ ।

प्रहरीका अनुसार घर सफा गर्ने एक महिलाले ९११ मा खबर गरेकी थिइन् । उनले दिउँसो १:४५ बजे बन्दुकको आवाज सुनेको प्रहरीलाई बताइन । गोलीको आवाज सुनेपछि उनी घर भित्र थिइन् या बाहिर थिए भन्ने थाहा हुन सकेको छैन भनि एनबिसी वाशिंगटनले समाचार लेखेको छ ।

भर्जिनियाको वेस्ट स्प्रिंगफिल्डमा रहेको एउटा घरमा अप्रिल २७ ,बिहीबारका दिन दिउँसो तीन जना व्यक्तिहरु मृत फेला परेका थिए।

फेयरफ्याक्स काउन्टी प्रहरीले अनुसन्धान गरि रहेका छन् । प्रहरीका अनुसार वाइल्ड स्प्रस ड्राइभ(मार्ग)को ८५०० भवन समूहमा घटनास्थलमा एउटा बन्दुक समेत फेला परेको बताए । छिमेकीहरुका अनुसार जोडी र ३ जना बालबालिका उक्त घरमा बस्ने बताए भने उनीहरु १ बर्ष भन्दा अगाडी त्यहा सरेका थिए ।

प्रतिक्रिया