रुसद्वारा ६० भन्दा बढी युक्रेनी सांस्कृतिक स्थलहरू ध्वस्त :युक्रेनी राष्ट्रपति जेलेन्स्की

इनेप्लिज २०८० वैशाख १३ गते १:२६ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमण सुरु भए देखि यता युक्रेनका विभिन्न क्षेत्रहरूमा ६० भन्दा बढी संग्रहालय र चित्रशालाहरू कब्जाकर्ताहरूले नष्ट वा क्षतिग्रस्त गरेको बताए ।

उनले खार्किभ क्षेत्रको कुप्यान्स्क संग्रहालयमा एस-३०० क्षेप्यास्त्रप्रयोग गरेर रुसी आक्रमणमा दुई महिलाको मृत्यु भएको बताए।

त्यस्तै गरि दक्षिणी खेरसन क्षेत्रमा रुसी आक्रमणबाट एउटा गिर्जाहर (चर्च )ध्वस्त भएको पनि बताए । यो गिर्जाघर रुसी आक्रमणबाट ध्वस्त भएका सयौं गिर्जाघर र प्रार्थना गृहहरूमध्ये एक रहेको ,उनले भने।

जेलेन्स्कीले रुसी सेनाले क्राइमियामा टाटार कार्यकर्ता अब्दुरशीट झेपारोभको घरमा तोडफोड गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया