संचार माध्यम एनबीसी युनिभर्सलका प्रमुखको संस्था कै एक महिलासँग अनुपयुक्त प्रेम सम्बन्ध भए पछि राजिनामा

इनेप्लिज २०८० वैशाख १० गते २०:३५ मा प्रकाशित

बिश्व प्रसिद्ध आम संचार माध्यम एनबीसी युनिभर्सलका प्रमुख कार्यकारी अधिकारी जेफ शेलको एनबीसी संस्था कै एक महिलासँग अनुपयुक्त प्रेम सम्बन्ध भए पछि संस्थाले बाहिरी रुपमा अनुसन्धान गरे पछि राजिनामा दिएका छन । उनको अनुपयुक्त आचरण अनुसन्धान पछि अन्तत्वगत्वा उनले संस्था छोड्ने भएका छन् ।

यसको मूल सँस्था (कम्पनी )कमकास्टले आइतवार उक्त घोषणा गरेको छ भनि सिएनएनले समाचार लेखेको छ । बाहिरी सल्लाहकारको नेतृत्वमा गरिएको अनुसन्धानको आधारमा शेलको तुरुन्तै सँस्था छोड्ने र तुरुन्तै प्रभावकारी हुनेछ भनि एनएबिसी समाचारले उल्लेख गरेको छ ।

“एनबीसी युनिभर्सलकाको प्रमुख कार्यकारी अधिकारी (सिइओ)को रूपमा आज मेरो अन्तिम दिन हो। सँस्थामा एउटी महिलासँग मेरो अनुपयुक्त प्रेम सम्बन्ध थियो, जसको म गहिरो पश्चाताप गर्छु, “शेलले एक विज्ञप्तिमा भने। “म साँच्चिकै माफी चाहन्छु कि मैले मेरो कमकास्ट र एनबीसीयूनिभर्सल सहकर्मीहरूलाई निराश पारेको छु, तिनीहरू व्यवसायमा सबैभन्दा प्रतिभाशाली व्यक्तिहरु हुन् र उनीहरूसँग बिगत १९ बर्ष देखि काम गर्ने अवसर प्राप्त गरेको छु।”

प्रतिक्रिया