न्यूयोर्कको ब्रुकलिनमा सडकमा हिड्दै गरेकी एक महिला अपहरण ,गाडीमा हालेर अपहरणकर्ता बेपत्ता

इनेप्लिज २०८० वैशाख १० गते १२:३४ मा प्रकाशित

अमेरिकाको न्यूयोर्कको ब्रुकलिन शहरमा सडकमा हिड्दै गरेकी एक महिला अपहरणमा परेकी छिन भने प्रहरीका अनुसार अपहरणकर्ताले गाडीमा हालेर बेपत्ता पारेको बताएका छन् ।

उक्त महिलालाई न्यूयोर्क सडकबाट अपहरण गरी मिनिभ्यान(सानो मालबाहक)गाडीमा भागेको प्रहरीले जनाएका छन् । न्यूयोर्क प्रहरी बिभागले टोयोटाको सानो मालबाहक गाडी (मिनिभ्यान )खोजिरहेको जनाएका छन् ।

यो घटना ब्रुकलिनमा शुक्रबार १:४५ बजे बिहान भएको न्यूयोर्क शहर प्रहरी विभागले जनाएको छ। न्यूयोर्क प्रहरी विभागले अप्रिल २१ ,२०२३ मा ब्रुकलिनमा कथित अपहरणमा संदिग्ध र महिला पीडितको तस्बिरहरु सार्वजनिक गरेको छ । प्रहरीले अपहरणकर्ताको गाडी पत्ता लगाउन सर्वसाधारणको सहयोग खोजिरहेको एबिसी समाचारले उल्लेख गरेको छ ।

पीडित महिला करिव २० वर्षकी हुन् भने जसको रंग हल्का र लामो कपाल रहेको र उनि करिब ५ फिट अग्ली र १२० पाउन्ड रहेकी प्रहरीले जनाएको छ।

प्रहरीले संदिग्ध व्यक्तिको उमेर करिव ३० वर्ष र हल्का रंग र अनुहारमा कपाल भएको व्यक्तिको रूपमा वर्णन गरेको छ । संदिग्ध व्यक्ति लगभग ५ फिट १० इन्च उचाई भएको र वजन १७५ पाउन्ड रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया