भारतीय पूर्वसांसदको प्रहरी हिरासतमै दूरदर्शन प्रत्यक्ष प्रसारण (टिभी लाइभ)हुदै गर्दा हत्या

इनेप्लिज २०८० वैशाख ४ गते १:३६ मा प्रकाशित

अपहरणको अभियोगमा दोषी ठहर भएका भारतको संसदका पूर्व सांसदलाई शनिबार दूरदर्शन प्रत्यक्ष प्रसारण (टेलिभिजन)मा देखाइदै गर्दा स्वास्थ्य जाँचका लागि सुरक्षा घेरमा जाँदै गर्दा उनका भाइसँगै गोली हानी हत्या गरिएको छ ।

उक्त घटनाको केही दृश्यहरु संचार माध्यम तथा सामाजिक संजालहरुमा साझा गरिएको छ र त्यो दृश्य व्यापक बनेको छ ।

उक्त अङ्कियदृश्य(भिडियो)मा एक बन्दुकधारी पूर्व सांसद अतीक अहमदको कन्चटमा बन्दुक पेस्तोल ताकेको र काँधमा पुगेका देखिन्छन् भनि सिएनएनले उल्लेख गरेको छ ।

उनका भाइ अशरफ अहमदलाई पनि गोली लागेको थियो भने दुई जना पीडितको केही मिनेटमै मृत्यु भएको थियो । प्रहरीले हत्या गरेको आशंकामा तीन जनालाई तुरुन्तै नियन्त्रणमा लिएको छ ।

आक्रमणकारीहरूले आफूलाई पत्रकारको रूपमा प्रस्तुत गरेका थिए भनि संचार माध्यमहरुले जनाएका छन् । एकजनाले गोलीबारी लगत्तै आत्मसमर्पण गरेका थिए भने अन्य दुई संदिग्धहरूलाई अधिकारीहरूले नियन्त्रणमा लिएका थिए ।

शनिबार साँझ उत्तर प्रदेशको उत्तर प्रदेशको प्रयागराज शहरको एक अस्पतालबाट स्थानीय आपराधिक संगठनका कथित दुई दाजुभाइहरूलाई हथकडी लगाएर ल्याइँदै गर्दा जम्मा भएको भीडमा उनीहरू थिए।

हत्या गरेपछि संदिग्ध बन्दुकधारीहरूले हिन्दू धार्मिक नारा लगाएका थिए ।

प्रतिक्रिया