युक्रेनमा इस्टर पर्वमा रुसले आक्रमण गर्दा बाबु छोरीको मृत्यु भएकोमा जेलेन्स्कीद्वारा रुसको निन्दा

इनेप्लिज २०७९ चैत २७ गते १:४७ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा इस्टर पर्वमा रुसले आक्रमण गर्दा बाबु छोरीको मृत्यु भएकोमा रुसको निन्दा गरेका छन ।

जेलेन्स्कीले आइतवार आफ्नो रातीको सम्बोधनमा जापोरिझिया आपतकालीन सेवाले रातभरि रुसी घातक हमला गरेकोमा आलोचना गरेका छन् ।

जेलेन्स्कीले ईसाईहरूले इस्टर आइतबार मनाउँछन् र आतंकवादी राज्यले आइतवारलाई यसरी बिताउँछ भनि कडा आलोचना गरे ।

युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार दक्षिणी शहरमा राति रुसी आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ।

आक्रमणले आवासीय भवनलाई आंशिक रूपमा ध्वस्त पारेपछि एक ५० वर्षीय पुरुष र उनकी ११ वर्षीया छोरीको मृत्यु भएको अधिकारीहरूले टेलिग्राममा बताए। उद्धारकर्ताहरूले एक ४६ वर्षीया महिलालाई भग्नावशेषबाट बाहिर निकालेका छन् ।

रूसले आफूलाई संसारबाट मानवताबाट एकान्त राखेको जेलेन्स्कीले भने।

प्रतिक्रिया