अमेरिकाको टेनेसी राज्यमा जनताद्वारा चुनिएका २ जना डेमोक्र्याटिकका सांसदलाई रिपब्लिकनको बहुमतले सांसदपदबाट निष्कासन

इनेप्लिज २०७९ चैत २५ गते १:०८ मा प्रकाशित

अमेरिकाको टेनेसी राज्यमा जनताद्वारा चुनिएका २ जना डेमोक्र्याटिकका सांसदलाई रिपब्लिकनको बहुमतले सांसदपदबाट निष्कासन गरेका छन् ।

जनताद्वारा चुनिएर गएका समेतलाई अमेरिकाको टेनेसी राज्यको तल्लो सदनले रिपब्लिकन दलको बहुमतले सांसद पद नै हटाई दिएको छ ।

पूर्व राज्य प्रतिनिधि जस्टिन जोन्स र जस्टिन पियर्सनलाई गत बिहीबार टेनेसी विधायिकाबाट निष्कासन गरिएको थियो ।

हालसालै न्यासभिलको कोभेन्ट बिद्यालयमा भएको गोलाबारी छ जनाको ज्यान गए पछि जोन्स र पियर्सनले ग्लोरिया जोन्सनसंग कारबाहीको माग गर्न गत हप्ता टेनेसी तल्लो सदनको कठघरामा उभिएका थिए ।

प्रमुख नाराहरू गर्दै तीनै जना हजारौं प्रदर्शनकारीहरूसँग संलग्न भएका थिए । उनीहरुले कडा बन्दुक कानूनको माग गर्दै आएका थिए। एबिसीन्यूजका अनुसार जोन्सन रिपब्लिकन नियन्त्रित सदनबाट केवल एक मतले निष्कासनबाट जोगिए, जोन्स र पियर्सनलाई हटाइएको छ ।

हटाईएका दुईलाई फेरि पद धारण गर्न निषेध गरिएको छैन । उनीहरूको खाली भएका स्थानमा पुन उम्मेदवार भै चुनाव लड्न सक्दछन भनि एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया